पशुपतिनाथ जलहरी काण्ड : राजनीतिक दबाब र प्रभावमा आरोपितलाई अख्तियारबाट उन्मुक्ति दिलाउन दौडधुप

- असार १२, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

पशुपति क्षेत्र विकास कोषले १०७ केजी ९२४.७५ ग्रामको जलहरी राख्ने निर्णय गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार गरेको परीक्षणमा जलहरीको तौल १०७ केजी ४६८ ग्राम पाइएको छ ।हिन्दुहरुको आराध्यदेव भगवान पशुपतिनाथ माथि पनि कु – नियत राख्नेहरुको हलचल पशुपति परिसरमा निकै देख्न पाइन्छ । यस अघि पनि पशुपतिनाथ भित्रका कर्तुतहरु नबाहिरीएका होइनन् । अहिले पशुपतिनाथ मन्दिर परिसर काण्डै काण्डले जेलिएको छ ।
साढे दुई वर्षअघि उठाइएको मुचुल्कामा ९६ केजी ८२२ ग्रामको जलहरी बनाइएको र बाँकी सुनका टुक्राबाट रिङ बनाएर त्यसमा लगाइएको उल्लेख छ । पशुपतिनाथमा लगाइएको जलहरीमा अपारदर्शीता देखीएका प्रमाणहरु बिस्तारै बाहिरीदै छन् ।
नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजार रुपैयाँमा १०३ केजी ७७३ ग्राम सुन खरिद गरेर अपारदर्शी रूपमा जलहरी तयार पारिएको भन्दै कोषका तत्कालीन पदाधिकारीविरुद्ध २०७८ मै अख्तियारमा उजुरी परेको थियो । सोही काण्डमा अख्तियारले तत्कालीन सदस्यसचिव प्रदिपकुमार ढकाललाई मुद्दा लगाएको छ ।


जलहरी राख्नुअघि तयार गरिएको मुचुल्काको विवरणमा शंकास्पद रूपमा केरमेट र अंक घटबढ गरिएको देखिन्छ । जलहरी राख्दा उपस्थिति जनाइएका केही व्यक्तिको मुचुल्कामा हस्ताक्षर पनि छैन ।
महालेखा परीक्षकको कार्यालयले पनि जलहरी निर्माणका विषयमा प्रश्न उठाएको थियो । महालेखाको प्रतिवेदनमा राष्ट्र बैंकबाट किनिएको १०३ केजी ७७३ ग्राम सुनमा २ केजी ८९० ग्राम तामा, १ केजी २४९ ग्राम चाँदी, १२.७५ ग्राम जिंकसहित राखेर १०७ केजी ९२४.७५ ग्रामको जलहरी बनाइएको भनिए पनि त्यसको रिङमा प्रयोग गरिएको सुनको परिमाण पुष्टि हुने विवरण नभएको उल्लेख छ ।
जलहरी प्रकरणबारे संसद्मा समेत आवाज उठेपछि मात्र अख्तियारले पशुपतिनाथको गर्भगृहबाट जलहरी निकालेर नापजाँच गरेको हो । यस प्रकरणमा मुछिएका कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडासँग मुचुल्काको विवरण र अख्तियारले लिएको तौलमा किन फरक प¥यो भन्ने जिज्ञासा राख्दा उनले अहिले यस बिषयमा कुरा नगरौ भन्दै मोवाइल बन्द गरे खासमा जलहरीमा अन्य धातुको मिसावट कति भन्ने विषय स्पष्ट भए मात्रै सबैको जिज्ञासा र उत्सुकता मेटिन्छ ।’

कासिन न्यूज सँगको कुराकानीमा कोषका पूर्वकोषाध्यक्ष नरोत्तम वैद्य भन्छन् , जलहरी निर्माणमा हरेक कोणबाट अनियमितता देखिएको तर राजनीतिक दबाब र प्रभावमा आरोपितलाई अख्तियारबाट उन्मुक्ति दिलाउन दौडधुप भइरहेको बताउँछन् । ‘जलहरी राख्नुअघिको मुचुल्कामा एउटा परिमाण देखिन्छ, २ वर्षपछि अख्तियारले तौल लिँदा अर्कै । त्यसमा पनि आधा केजी कम छ । त्यति त जर्ती र दूधले नुहाएर कम भएको भन्ने जिकिर गर्न थालेका छन् । यो सरासर अनियमितता ढाकछोप गर्ने नियत हो ।’
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७७ माघ १२ मा पत्नी राधिका शाक्य र सहयोगीसाथ पशुपतिनाथ पुगेर ‘संकल्प पूजा’ गर्नुका साथै सुनको जलहरी राख्ने घोषणा गरेका थिए । त्यस क्रममा उनले जलहरी बनाउन सरकारका तर्फबाट ३० करोड रुपैयाँ दिने पनि बताएका थिए । त्यसपछि कोषले सरकारबाट आउने रकममा ५० करोड ११ हजार रुपैयाँ थपेर करिब १ सय ८ केजीको जलहरी बनाउने निर्णय गरेको थियो । त्यसकै लागि किस्ता–किस्तामा राष्ट्र बैंकबाट १०३ केजी ७७३ ग्राम सुन किनिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर