बचतकर्ताको१४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेका शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक शर्मा पक्राउ

- असार १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

भक्तपुरमा केन्द्रीय कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारीले देशका विभिन्न सहरमा शाखा सञ्चालन गरी बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको थियो ।

बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेको उजुरी परेपछि भागेका सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ गरेको छ । शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

मुम्बईमा लुकेर बसेका शर्मालाई सीआईबीको टोलीले मुम्बईबाट नै पक्राउ गरेको हो। उपत्यकाका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरसहित उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर