•  ११ पुष २०८१, बिहीबार

एपीएफलाई क्यानले दिएन पुरस्कार बापतको रकम

- असार १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

गतवर्ष कार्तिकमा सम्पन्न पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता विजेता नेपाल एपिएफ क्लबले अझै पुरस्कार रकम पाएको छैन ।
प्रतियोगिता विजेता पुरस्कार वापत एपिएफ क्लबले १० लाख रुपैयाँ पाउनु पर्ने भएपनि हालसम्म नेपाल क्रिकेट संघ (क्यान) ले नगद पुरस्कार दिएको छैन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप आयोजना गर्दै आएको छ ।

राखेपले प्रतियोगिता वापत क्यानलाई दिनुपर्ने ६० लाख रुपैयाँ भने दिइसकेको जनाएको छ । राखेपका लेखा प्रमुख ऋषिराम पोखरेलले क्यानले उक्त पैसा पहिला नै लागिसकेको बताए । ‘अहिलेसम्म उक्त रकम पाएका छैनौं । क्यानलाई सोध्दा अर्को हप्ता भन्दै आउनु भएको छ । तर अहिलेसम्म आएको छैन’, एपीएफ क्लबका पदाधिकारी बताउँछन् ।

स्रोतका अनुसार क्यानले उक्त पैसा आफैं चलाएको जनाएको छ । आइसिसीले क्यानलाई रकम पठाएपछि दिने बताएको बुझिएको छ । तर क्यानका एक पदाधिकारी त्यसो नभएको बताउँछन् । खातामा उक्त रकम जानुपर्ने हो । बैंकहरु मर्जर हुँदा खाता नमिलेको कारण धेरै जना खेलाडी र जिल्लाहरुको पैसा फिर्ता आएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर