•  ११ पुष २०८१, बिहीबार

स्कटल्याण्डका पुर्वप्रशिक्षक ब्राउनको ८२ वर्षको उमेरमा निधन

- असार १२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

स्कटल्याण्डका पुर्वप्रशिक्षक क्रेग ब्राउनको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा निधन भएको हो ।उनी स्कटल्यान्डलाई लामो समयसम्म प्रशिक्षण दिने प्रशिक्षक हुन् ।
उनले स्कटल्यान्डलाई सन् १९९३ देखि २००१ मा प्रशिक्षण दिएका थिए । उनी स्कटल्यान्डले १९९६ को युरो कप र १९९८ को विश्वकमा स्कटल्यान्डको प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा स्कटल्यान्डले ७१ खेल खेले ।
एबरडिनबाट सन् २०१३ मा प्रशिक्षण करिअरबाट विश्राम लिएका थिए । त्यसअघि ब्राउनले प्रेस्टन नर्थ एन्ड र मदरवेलमा प्रशिक्षकको भुमिका निभाएका थिए ।
स्कटल्याण्डमा युवा स्तरको प्रशिक्षकको रूपमा प्रभाव पारेपछि उनी १९८६ को विश्वकपको लागि एलेक्स फर्गुसनको सहायक तथा १९९० मा एन्डी रक्सबर्गको सहायकको रूपमा कार्यभार सम्हालेका थिए

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर