बजेटको सूचना चुहावटबारे छानबिन गर्ने मन्त्री आलेको प्रतिबद्धता
- असार १२, २०८० मा प्रकाशित
कासिन न्यूज,
कास्की ।
गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले बजेटको सूचना चुवावट सम्बन्धमा छानविन गर्ने प्रतिबद्धता व्यक्त गरेक्ँ छन्् ।
गण्डकी प्रदेश प्रदेशसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलले बजेटको चुवावट भएको दाबी गर्दै सभा बैठक अवरुद्ध गरेपछि जवाफ दिँदै उनले मन्त्रालयले छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सूचना चुहावट सम्बन्धमा त्रुटी एवम् कानुनविपरीत भएको पाइएमा कारबाही गर्ने गराउने उनले विश्वास व्यक्त गरे । कार्यव्यवस्था परामर्श समितिको बैठकमा मन्त्रालयगत विनियोजनका छुट्टाछुट्टै किताब छाप्ने सम्बन्धमा सहमति भएको उनले बताए । आगामी आर्थिक वर्षबाट लागू हुनेगरी योजना बैंक बनाउने कुरा तय भएको उनको भनाइ छ ।
समपुरक विशेष योजनालाई परम्परा एवम् नियम कार्यविधि विपरीत भए त्यसलाई सच्याइने समेत उनको भनाइ छ । उहाँले योजना कार्यान्वयनमा आएपछि प्रदेशसभा सदस्यलाई अनुगमनमा खटाइने समेत भनाइ राखे ।
त्यसअघि प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक गोविन्द नेपालीले वार्षिक विकास कार्यक्रम प्रदेशसभा सदस्यले प्राप्त गर्नुभन्दा ५८ घण्टा अघि सत्ता गठबन्धनका कार्यकर्ताबाट सामाजिक सञ्जालमा राखिएको लगायतका विषय उठाउँदै त्यसबारे स्पष्ट कुरा नआउँदासम्म बैठक अघि बढ्न नसक्ने अडान लिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments