कांग्रेस राजनीति : गर्माउन थाल्यो राजनीतिक बिँड – पाको भएर पनि नव- युवक जस्तो छ कांग्रेस

- असार १३, २०८० मा प्रकाशित


सुधीर नेपाल,
काठमाडौं ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वले भटाभट देशमा देखीएका भष्ट्राचारका बेथितीलाई तह लगाउने जर्मको गरिरहेको बेला राष्ट्रको पहिलो र ठूलो दल नेपाली कांग्रेस के गर्दैछ भन्ने एक प्रकारको चासो अहिले जनमानसमा छाउन थालेको छ ।
संसदमा सबैभन्दा ठूलो दल भएर पनि आफनै नेतृत्वमा सरकार बनाउने बेला कठिनाई भोगेको कांग्रेसले अहिले हेर र चुप बस निति लिएको हो कि भन्ने राजनीतिक बजारमा एक प्रकारको हल्ला पनि छ । यसो भनिरहँदा कांग्रेसले केही पनि गरेको छैन भन्न खोजेको पक्कै होइन् । कांग्रेस अहिले आफनो सांगठनिक संरचना लाई बढाउने र कांग्रेसजनमा उत्साह जगाउने कार्यमा लागेको कांग्रेसका एक केन्द्रिय सदस्य बताउँछन् ।

कांग्रेसमा अहिले टोल, वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समिति गरी आठ तह छन् । पार्टीको विधानमा टोलबाहेक सबै तहका समितिले वर्षमा एकपटक सम्मेलन गर्नुपर्छ । यही सम्मेलनको तयारीमा अहिले कांग्रेस लागेको पाइन्छ ।

विधान मान्ने हो भने महाधिवेशन भएको बाहेक हरेक वर्ष केन्द्रीय तहमा महासमिति बैठक बोलाउनुपर्छ । तर यस्ता निति नियमहरुले कांग्रेसलाई कहिले पनि छुन सकेन । त्यसैले पनि होला कांग्रेस पाको भएर पनि नव युवक जस्तो छ । गएको स्थानिय निकाय निर्वाचन देखी संसदीय निर्वाचनको परिणाम र कांग्रेसको राजनीतिक अवस्थाले गर्दा पनि होला अहिले कांग्रेस राजनीतिक बिँड केही गर्माएका हल्का महसुस कांग्रेस कार्यकर्ताहरुले गर्न थालेका छन् ।

अहिले वडादेखि प्रदेश तहसम्मको सम्मेलन केन्द्रीत रहन थालेको कांग्रेसको लागि यो सम्मेलन भनेका केन्द्रिय तहमा हुने महासमिति बैठकजस्तै हो । जति सुकै पाको भएर पनि कांग्रेसको सांगठनिक संरचना भने अहिले पाकेको छैन् । संगठनलाई तल्लो तह देखी कसरी परिमार्जन गर्ने र आफना कार्यकर्ताहरुको मजबुती लागि कस्तो निति ल्याउने भन्ने कुरामा जहिले पनि कांग्रेस चुकेको नै छ ।
भन्नुपर्दा कांग्रेसमा तल्लो तहमा सम्मेलन गर्ने प्रचलन छैन । भने जहिले पनि महाधिवेशन केन्द्रित कार्यक्रमहरुले गर्दा पनि कांग्रेसको तल्लो धरातल जहिले पनि फाटेको अनुभव पुराना कांग्रेसीहरुले गर्ने गरेका छन् ।
आमसभा वा प्रशिक्षणमा कार्यकर्ता भेला हुने गरेपनि ठूलो संख्यामा जम्मा हुने चलन कहिले पनि कांग्रेसमा चलेन । जसका लागि माथिल्लो तहले पहल गर्ने जरुरी पनि ठानेन । जति छ त्यतिमा खुशी मान्ने प्रचलन कांग्रेसको लागि नौलो होइन । तर यस्ता नितिले सांगठनिक संरचना बलियो होला त ? यो सोच्ने फुर्सद पनि कांग्रेसको माथिल्लो निकायमा छैन । भने यस्ता कारणले कांग्रेसको तल्लो तहको संरचनामा धमिरा लाग्न थाली सकेको छ ।

गएको चैतमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ६ हजार ७४३ वडा, ७५३ पालिका, ३३० प्रदेश सभा निर्वाचन क्षेत्र, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र, ७७ जिल्ला र ७ प्रदेशलाई पत्र लेखेर जेठभित्रै सम्मेलन गर्न निर्देशन दिएका थिए । महामन्त्रीले परिपत्र गरे पनि धेरै ठाउँमा सम्मेलन भएको छैन । कुनै पनि प्रदेश समितिले सम्मेलन गरेका छैनन् । ७७ मध्ये १५ वटा जिल्लाको मात्र सम्मेलन भएको छ ।

पहिलो पटक सम्मेलन गर्न लागेकाले अलमल हुनसक्ने अनुमान गरेर महामन्त्रीहरुले सम्मेलनको खाका नै पठाएका थिए । खुला सत्रमा जनतासँग प्रत्यक्ष जोडिने खालका कार्यक्रम राख्न निर्देशन दिइएको थियो । त्यसमा स्वास्थ्य शिविर, वृक्षरोपण, सरसफाइ, रक्तदान वा जनतासँग जोडिने अन्य काम गर्न सकिने भनिएको थियो । गर्मी मौसम, वर्षायाम र प्रदेश सरकारको बजेट यही बेला आउने भएकाले सम्मेलन गर्न नसकिएको अधिवेशन लगायतले सम्मेलन तीव्र गतिमा हुन नसकेको प्रदेश सभापतिहरुको तर्क छ ।

‘विधानतः जेठ मसान्तसम्म सम्मेलन गर्नु भनी महामन्त्रीहरुले सर्कुलर गरेका थिए । विधान अनुसार वर्षमा एक पटक हुने महासमिति बैठकको कुनै टुंगो छैन । बागमती प्रदेशका १३ जिल्लामध्ये ललितपुर, भक्तपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेले जिल्ला सम्मेलन सकेका छन् । वडादेखि जिल्लासम्मको सम्मेलन सक्नेमा ललितपुर पहिलो बनेको छ । बाँकी जिल्लामा केहीमा सुरु भएको छ, केहीमा सुरसार छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर