सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रति कांग्रेस सांसदहरुको असन्तुष्टी
- असार १३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशका कांग्रेस सांसदहरु सँगकोे भेटमा धैर्यतापूर्वक कुरा सुन्दै जवाफमा सभापति देउवाले भने पूरक बजेट ल्याएर गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । ‘सभापतिज्यूले बजेट सन्तुलित नआएको कुरामा म सहमत छु । अब पूरक बजेट ल्याएर यसलाई सच्याउँछौँ भन्नुभयो,’ देउवाको भनाइ उदृत गर्दै भेट्न गएका एक सांसदले भने ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि असन्तुष्ट नेपाली कांग्रेसका प्रदेश सभा सहभागी ६ जना सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराएका थिए ।
धनगढीबाट डेलिकेशनसहित काठमाडौँ आएका कांग्रेसका ६ जना प्रदेश सभा सदस्यले मंगलबार पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्दै यथास्थितिमा सरकारले ल्याएको बजेटमाथि समर्थन गर्न नसकिने बताएका हुन् ।
उनीहरुले सरकारले प्रदेश सांसदहरुको भावनाविपरीत ल्याएको बजेट संशोधन गर्नुपर्ने, तल्लो तहबाट सिफारिस भएर आएका योजना समेटिनुपर्ने बताउँदै यथास्थितिमा समर्थन गर्न नसकिने कुरा राखिएको एक सांसदले जानकारी दिए ।
सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले गत १ असारमा प्रदेश सभा बैठक अगामी आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड बराबरको बजेट प्रस्तुत गरेका थिए ।
शाहीले प्रस्तुत गरेको बजेट सन्तुलित नरहेको भन्दै सत्तारुढ दलकै सांसदहरुले विरोध जनाउँदै संशोधनको माग गरेपछि अहिलेसम्म बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । भेटमा कांग्रेसका प्रदेशसभा सदस्य बहादुर सिंह थापा, मेघराज खड्का, दिवानसिंह विष्ट, प्रकाश बम, मानबहादुर रावल र शिवराज भट्ट सहभागी थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments