कर्णालीमा ‘राष्ट्रिय कचहरी’ सुरु
- असार १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरे सुर्खेतमा बिहिबारदेखि ‘राष्ट्रिय कचहरी’सुरु भएको छ ।
‘राष्ट्रिय कचहरी’कोे उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मङ्गलबहादुर शाहीले गरे । सो अवसरमा मन्त्री शाहीले सङ्घीयता प्रणालीमा गइसकेपछि जनताका माग बढे पनि माग भने कम पूरा भएको बताए ।
“जनताका माग र आवश्यकता पूरा गर्ने आश्वासन दिइयो”, उनले भने, “तर ती पूरा नहुँदा उनीहरूमा निराशा बढेको छ ।” सङ्घीय व्यवस्था राम्रो भए पनि त्यसको उचित व्यवस्थापन नहुँदा केही असन्तुष्टि उब्जेको भन्दै यसको सुदृढीकरण आवश्यक रहेको उनको भनाइ थियो ।
लुम्बिनी प्रदेशसभा सदस्य सञ्जु चौधरीले सङ्घीयता कार्यान्वयनमा आएको लामो समय भएपनि अपेक्षित प्रतिफल नदेखिएको टिप्पणी गरे । यसका लागि तीन तहका सरकारको कार्यलाई समीक्षा गर्नुपर्ने उनको भनाइ छ ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बजेट बिनियोजन हुँदा पञ्चवर्षीय योजनाको सिद्धान्त, उद्देश्य र मार्गनिर्देशनअनुसार आउनेमा आशङ्का व्यक्त गरे । उनले तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम हुन नसकेको दाबी गरे ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा अर्थविद डा .पोषणराज पाण्डेले समावेशी विकास आजको आवश्यकता भएको बताए । वैदेशिक रोजगारका लागि दैनिक औसत दुई हजार देश बाहिर जाने अवस्थाले मुलुकको कुल ग्राहस्थ्य उत्पादन असर परेको उनले टिप्पणी छ ।
संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन नेपाल तथा भूटानका देशीय प्रतिनिधि केन शिमिजुले विश्वमा बढ्दै गएको असमानता, कोभिड र रुस–युक्रेन युद्धको असर, राजनीतिक सङ्कट र वातारणीय असरले कर्णालीजस्ता क्षेत्रलाई असर पारेको उनको भनाइ छ । यस विषयमा बहुपक्षीय सवाल उठान भएको र यसमा खाद्य तथा कृषि सङ्गठनको आवश्यक सहयोग हुने उनले बताए ।
नगरपालिका सङ्घ नेपालका अध्यक्ष नरुलाल चौधरीले संविधानमा व्यवस्था भएका साझा सूची अनुरुप काम नभएको बताए । सङ्घीय शिक्षा तथा निजामती कर्मचारी ऐन नबनेका कारण पनि समस्या झेल्नुपरेको उनले बताए ।
स्थानीय सरकार सवलीकरण, द एसिया फाउन्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेसनल, वल्र्डभिजन, प्लान इन्टरनेसनल, एक्सन एड, मिसन इष्ट र प्राक्टिकल एक्सनको सहकार्य र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा सुरु राष्ट्रि«य कचहरी दुई दिनसम्म चल्नेछ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments