गर्मीका कारण १७ जनाको मृत्यु
- असार १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।
वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।
“यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं,” स्टर्नले भने, “तापको प्रकोपबाट हुने मृत्युलाई दुर्घटनाका रूपमा लिइन्छ, र दुर्घटना, परिभाषाअनुसार, रोकथाम गर्न सकिने मृत्यु हुन् । यी सबै मृत्युलाई रोक्न सकिन्थ्यो ।”
यसैगरी फ्लोरिडाका १४ वर्षीय युवकको टेक्सासको बिग बेन्ड नेश्नल पार्कमा शुक्रबार गर्मीका कारण उत्पन्न थकानका कारण मृत्यु भएको छ । त्यहाँको तापक्रम ११९ डिग्री फरेनहाइट ४८ डिग्री सेल्सियस० पुगेको थियो ।
यसैगरी अन्य पीडितमा उत्तरी टेक्सासका १७ वर्षीय पदयात्री, पूर्वी टेक्सासका युटिलिटी लाइनम्यान, डलासका हुलाक कर्मचारी र लुइसियानाको तटीय राज्यका दुई जना बासिन्दा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
टेक्सास ट्रिब्युनको बुधबारको रिपोर्टले टेक्सासमा गर्मीको लहर आएदेखि ३० वर्षका दुई जना पुरुषसहित कम्तीमा नौ जना कैदीको हृदयघात वा वातानुकूलित नभएको जेलमा अज्ञात कारणले मृत्यु भएको बताएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments