नेपाली व्याख्यासहितको उपदेश रत्नमाला पुस्तक सार्वजनिक
- असार १४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाली व्याख्यासहितको उपदेशरत्नमाला पुस्तक लोकार्पण गरिएको छ ।
व्याख्याकार प्रा. पद्मप्रसाद भट्टराईले नेपाली भाषामा अनुवाद उपदेशरत्नमाला पुस्तकको बिहिबार आयोजित कार्यक्रममा श्री वैष्णव परिषद् नेपालका अध्यक्ष देवराज आचार्य, श्री वेङ्कटेश गुरुकूल बत्तिसपुतलीका संस्थापक/सञ्चालक प्रा. डा. पुरुषोत्तम नेपाललगायतले संयुक्तरूपमा लोकार्पण गरेका हुन ।
द्राविण वेदका रूपमा रहेको दिव्य प्रबन्धको सार उपदेशरत्नमालालाई दक्षिण भारतमा श्रीवरवरमुनिस्वामीले मणिप्रवाल भाषामा लेखेका थिए । मणिप्रवाल भाषामा रहेको उपदेशरत्नमालालाई वरवरमुनिस्वामीका नाति श्रीआभिरामवराचार्यले वसन्ततिलक छन्दमा संस्कृतमा ७३ श्लोकको रचना गरेका थिए । यसै कृतिलाई प्रा भट्टराईले अन्वयसहित नेपाली भाषामा अर्थ लेखेका छन्।
कार्यक्रममा परिषद्का अध्यक्ष आचार्यले सम्प्रदाय बुझ्न चाहने द्रविण र संस्कृत भाषाको ज्ञान नभएकाका लागि यो एउटा महत्त्वपूर्ण कृति भएको बताए । प्रा. डा. उमेश नेपालले सनातन संस्कृति र सभ्यताका लागि संस्कृत शिक्षा अनिवार्य भएको बताए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments