लगातार ढुंगा खसेपछि नारायणगढ-मुग्लिन सडक अवरुद्ध, यातायातका साधन रोकिँदा सयौँ यात्रु अलपत्र

- असार १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

मुग्लिननजिक पहाडमाथिबाट लगातार ढुंगा खसेर अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक शुक्रबार मात्र खोलिने भएको छ । सडकमा थुप्रिएका ढुंगा मात्र हटाइने भएपछि बिहिबार रातभर मुख्य राजमार्ग अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुलनजिक खसेको पहिरोका कारण यातायातका साधन रोकिँदा सयौँ यात्रु अलपत्र छन् । यहाँ बुधबार रातिदेखि नै ढुंगा खसेर पटकपटक यातायात अवरूद्ध भएको थियो ।

बिहीबार दिउँसो १ बजेर ५ मिनेटमा पहाड माथिबाट पुनः ढुंगा खस्न सुरू भएपछि दुवैतर्फबाट बाटो बन्द भएको हो ।

अग्लो ठाउँबाट ढुंगा र गेग्रान लगातार झरेका कारण बाटोको अवरोध हटाउन मुस्किल भएको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

‘बिहानको अवरोध त हटायौँ, तर दिउँसो १ बजेपछिको अवरोध हटाउन सकिएन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर कार्कीले भने, ‘सकेसम्म चाँडो अवरोध हटाउने चाहना हो । तर, रातिको समयमा सुरक्षाको जोखिम बढि भएकाले सम्भावना भएन । बिहानबाट हामी काम सुरु गर्छौं ।’

उनका अनुसार पहिरो हटाउने उपकरण र जनशक्ति तयारी अवस्थामा भए पनि लगातार अग्लो स्थानबाट सुक्का पहिरो आउँदा समस्या भएको हो । एसपी कार्कीका अनुसार यो सडक प्रवेश गर्ने जिल्लाहरूमा सडककोबारे जानकारी गराएर मुख्य नाकामा अन्य सवारीहरू रोकेर राखिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर