एसईईको नतिजा अन्तिम चरणमा, असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने तयारी
- असार १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले नतिजा प्रकाशन तयारी अन्तिम चरणमा पुर्याएको हो । बोर्डले असार तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी तयारी थालेको हो । सोही आधारमा नतिजा प्रकाशनको लागि आवश्यक गृहकार्य भइरहेको बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले जानकारी दिए ।
‘असारको तेस्रो साताभित्रमा नतिजा प्रकाशन गर्ने गरी हाम्रो वार्षिक कार्य तालिका छ । सोही आधारमा तयारी भइरहेको छ’ उनले भने । उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण तथा रुजु गर्ने काम सकेर अहिले नतिजा कम्प्युटरमा चढाउने काम भइरहेको उनको भनाई छ ।
‘परीक्षणको काम सकिएपछि पनि धेरै प्राविधिक काम हुन्छन् । त्यो काम चलिरहेको छ । नम्बर कम्प्युटरमा चढाउने, रुजु गर्ने लगायतका काम भइरहेको छ,’ अध्यक्ष शर्माले भने । नतिजा कुन पद्धतिबाट प्रकाशन गर्ने भन्ने विषयमा अहिलेसम्म टुङ्गो लागेको छैन । पुरानै लेटर ग्रेडिङ पद्धतिबाट प्रकाशन गर्ने कि नयाँबाट गर्ने भन्ने विषयमा केही दिनमा निर्णय हुने अध्यक्ष शर्माले बताए ।
‘अहिले अन्य काम भइरहेको छ । सबै काम सकिएपछि कुन पद्धति मार्फत नतिजा सार्वजनिक गर्ने भनेर निर्णय गर्छौ । अहिलेसम्म केही पनि निर्णय भइसकेको छैन,’ अध्यक्ष शर्माले भने । बोर्डले एसईईमा ३५ प्रतिशतभन्दा कम ल्याउनेलाई नन ग्रेडेड गर्ने व्यवस्थासहितको लेटर ग्रेडिङको व्यवस्था गरेको छ । तर, उक्त नियम अघिल्लो वर्ष समेत अन्तिम समयमा आएर रोकिएको थियो । यो वर्ष कुन आधारमा नतिजा प्रकाशन हुन्छ भन्ने हालसम्म यकिन भइसकेको छैन ।
पुरानै विधिअनुसार ९० देखि १०० ल्याउनेलाई ए प्लस, ८० देखि ९० भन्दा कम ल्याउनेलाई ए, ७० देखि ८० भन्दा कम ल्याउनेलाई बी प्लस, ६० देखि ७० भन्दा कम ल्याउनेलाई बी, ५० देखि ६० भन्दा कम ल्याउनेलाई सी प्लस, ४० देखि ५० भन्दा कम ल्याउनेलाई सी, ३० देखि ४० भन्दा कम ल्याउनेलाई डी प्लस, २० देखि ३० भन्दा कम ल्याउनेलाई डी र २० भन्दा कम ल्याउनेलाई ई ग्रेड प्रदान गरिँदै आएको छ । नयाँ पद्धतिअनुसार सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नन ग्रेडेडमा राख्ने व्यवस्था छ । २०७९ मा ४ लाख ८४ विद्यार्थीले एसईई दिएका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments