कोशी प्रदेश : मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुँदै > कार्यशैली माथि प्रश्न उठ्यो
- असार १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
विराटनगर ।
बिहीबारको बैठकमा विश्वासको मत मागेर हिँडेका मुख्यमन्त्री हिक्मतकुमार कार्की नफर्किएपछि स्थगित गरिएको कोशी प्रदेशसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्दैछ । बैठकमा मुख्यमन्त्रीको प्रस्तावमाथि मत विभाजन हुनेछ ।
विहीबार मुख्यमन्त्रीले विश्वासको मत मागेपछि प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका नेताहरुले सम्बोधन गरेका थिए । नेताहरुले सम्बोधनको क्रममा मुख्यमन्त्रीको कार्यशैलीमा पनि प्रश्न उठाएका थिए । नेताहरुको सम्बोधनपछि सभामुख बाबुराम गौतमले मत विभाजन तयारीका लागि ३० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विहिबार दिउँसो बजे बस्ने प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा विश्वासको मत माग्ने तयारी गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद कार्कीको पक्षमा छन् । बहुमतका लागि उनलाई एक मत पुग्दैन । त्यो एक मत जुटाउन मुख्यमन्त्री कार्की सक्रिय छन् ।
कार्कीको विपक्षमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १२(सभामुख बाहेक), एकीकृत समाजवादीका ४ र जसपाको एक जना सांसद छन् । सभामुख बाहेक दुवै पक्षसँग समान ४६–४६ सांसद छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णायक मत दिन पाउँछन् । सभामुख बाबुराम गौतम प्रतिपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्रबाट निर्वाचित सांसद हुन् ।
मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि अन्य दलका सांसदलाई फकाइरहेका छन् । सत्ता पक्षले सांसदलाई फकाउन थालेपछि प्रतिपक्षी गठबन्धन पनि चनाखो बनेको छ । तत्कालीन नेकपा विभाजन हुँदा माओवादी केन्द्रका सांसद टंक आङ्बुहाङ एमाले प्रवेश गरेर मन्त्री बनेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments