ललिता निवास प्रकरण : गुरुङसहित ३ प्रतिवादीहरुको रिटको सुनुवाइ न्यायाधीश चुडालको इजालसमा

- असार १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

ललिता निवास प्रकरणको अभियोग लागेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ३ प्रतिवादीहरुले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको एकल इजलासमा पेसी तोकिएको छ।
गोलाप्रथाबाट तोकिएको पेसी न्यायाधीश चुडालको इजलासमा परेको हो। निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका हुन्।
पक्राउ परेलगत्तै उनीहरुका तर्फबाट असार १३ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस गरिएको थियो। उनीहरुको निवेदनमा हदम्याद नभएको मुद्दाको अनुसन्धानका क्रममा आफूहरुलाई पक्राउ गरिएको र गैरकानुनी रुपमा न्यायिक हिरासतमा राखिएको दाबी गरिएको दाबी गरेका छन्।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर