•  २३ पुष २०८१, मंगलवार

विश्व सेरोफेरो : रुसमा भाडाका सैनिकहरू उपलब्ध गराउने वाग्नर समूहको अबको लक्ष्य के गर्छ भन्ने प्रश्न उब्जियो

- असार १५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

रुसी सरकारलाई भाडाका सैनिकहरू उपलब्ध गराउने वाग्नर समूहले गतशाता त्यो दिन सैन्य विद्रोहको घोषणा गरे सँगै अब वाग्नर समूह के गर्छ भन्ने प्रश्न उब्जिएको छ ।
रुसी सरकार सँगको सहमतिपछि विद्रोह साम्य भयो र लडाकुहरूलाई पछाडि हटे। अन्तिम घडीमा गरिएको उक्त सम्झौताका अनुसार वाग्नर प्रमुख नेता येभ्गेनी प्रिगोजिन बेलारुस गए ।

शनिवारको विद्रोहमा सहभागी नभएकाहरूले रुसी रक्षा मन्त्रालयसँग करार सम्झौता गर्न पाउने छन्। सहमतिपछिको एक टेलिग्राम पोस्टमा प्रिगोजिनले सम्भवतः रुसी रक्षा मन्त्रालयप्रति सङ्केत गर्दै “उनीहरूले“ वाग्नर समूहलाई “भंग गर्न “ चाहेको बताएका थिए।

तर अकस्मात् उनले शक्ति प्रदर्शन गर्नुको कारण त्यही मात्र थियो भन्ने चाहिँ अझै स्पष्ट छैन। त्यसपछि उनी मौन रहे।सोमवार साँझ उक्त मौनता भंग गर्दै एउटा श्रव्य सन्देशमा उनले सोही कुरा दोहो¥याउँदै रक्षा मन्त्रालयसँग सम्झौता गर्न कोही पनि सहमत नभएको र भाडाका सैनिक उपलब्ध गराउने उनको कम्पनी जुलाई १ मा भंग हुन लागेको बताए।

यदि वाग्नर समूह भंग भएमा हाल विभिन्न देशमा रहेका वाग्नरका लडाकुलाई के हुन्छ भन्ने अझै स्पष्ट छैन।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर