कोशी प्रदेश : यसअघिका घटनाक्रमलाई सबै बिर्सिएर हातेमालो गर्न एमाले तयार छ – मुख्यमन्त्री कार्की
- असार १५, २०८० मा प्रकाशित
कासिन न्यूज,
बिराटनगर ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वपक्षीय सरकार गठनको आह्वान गरेका छन्। विश्वासको मत लिने प्रस्तावमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मुख्यमन्त्री कार्कीले यस्तो आह्वान गरेका हुन्। मुख्यमन्त्री पदमा आलोपालो गर्न पनि आफू तयार रहेको उनले बताए।
‘सबै मिलेर सरकार चलाउँदा एउटा मात्र नेता हुँदैन भने भागवण्डा नै भन्ने पक्षमा म छैन तर जनताले अफ्ठ्यारो नमान्ने गरी त्यसमा पनि निश्कर्ष निकालौँ,’ कार्कीले भने, ‘तपाईं ६ महिना मुख्यमन्त्री हुनुभयो म अर्को ६ महिना हुन्छु भन्दा म आजै छाड्न पनि तयार छु।’ सहमतिको सरकार बनाउँदा ठूलो दल र धेरै सदस्य भएकाले मन्त्री बन्ने कम अवसर पाउने भन्दै एमालेले नै सबैभन्दा धेरै घाटा बेहोर्नुपर्ने उनको भनाइ छ। ‘
तर तपाईंहरू सबै सहमतिको पक्षमा हो भने म जति होचो अर्घेलो हुन पनि तयार छु, जति पीडा भए पनि सहन तयार छु’, मुख्यमन्त्री कार्कीले भने, यसअघिका घटनाक्रमलाई सबै बिर्सिएर हातेमालो गर्न एमाले तयार छ।’ अहिले मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मत माग्ने प्रस्तावमा मत विभाजन सुरु भएको छ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments