तपाईको शनिवार : गाउनुपर्ने गाना मैले गायको छैन…
- असार १५, २०८० मा प्रकाशित
कविता : प्रदिप ढकाल
दिक्पाल …
लाउनुपर्ने माया त मैले लाएकै छैन
गाउनुपर्ने गाना गाएकै छैन
निरास नहोऊ मेरा प्रियजन हो
अहिलेसम्म त मैले हृदय धड्काएकै छैन …
लुटेराहरूका मनमा
अहिलेसम्म ढ्यांग्रो ठोकेकै छैन
बञ्जर बनिसकेका आततायीका हृदयमा
अग्निको ज्वाला झोसेकै छैन …
त्यसैले त चारैतिर हा… हा र हु…हु गर्दै
मसानघाटका आत्माहरु जागिरहे
वायुपंखी घोडामा झाँक्रीहरु दौडिरहे
परीको भेषमा किचकन्याहरु नाचिरहे
नन्दीभृंगीहरु शान्ति लुटेर नशामा मस्त भइरहे
झिसमिसे नहुँदै आफ्नाहरुले नै
बदनामीका फेरी लगाइरहे …
जंगलमा बिषालु काँढा छन्
सिंह, गोही, बिच्छि र सर्पका फन्दा छन्
जाल बिछाएर बसेका शिकारी छन् भन्दैमा
हिँड्नु अगावै डरहरुबाट त्रसित भएर
आफ्नो यात्रा त्याग्दैनन् दिक्पालहरु …
देवले दैत्यसँग अनुनय गर्दैन
सत्य असत्यसँग झुकेर बिन्ती गर्दैन
दैत्यका चक्रव्यूह छिनाल्न
सत्य मार्गको रुपरेखा कोर्न
सक्षम छन् दिक्पालहरु …
कृष्णहरू मुरलीको धूनमा नाचिरहून
रामहरू आदर्श बनिरहून्
बुद्धहरू आफ्नो मौन साधना पूरा गर्न सकून्
सुरक्षाका घेरा बनाउन सक्षम छन् दिक्पालहरु …
मेरो आफ्नाहरू हो ! नआत्तिऊ है
त्यो सुनौलो बिहानी अहिलेसम्म आएकै छैन
किनकि, लाउनुपर्ने माया त मैले लाएकै छैन …
अनि गाउनुपर्ने गाना त मैले गाएकै छैन…
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments