उधोग मन्त्रालयमा आँखा लगाएको जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा

- असार १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

सरकारसँग विमति रहेको कारण सरकारलाई दिएको सर्मथन फिर्ता लिने तरखरमा लागेको जनमत पार्टीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फकाएका छन् ।

‘बिहान जनमत पार्टीका अध्यक्षा सिके राउत आउनुभएको थियो। प्रधानमन्त्रीज्यूले सरकारमा सहभागी हुन र माग सम्बोधन गर्ने आश्वासन दिनुभयो। बालुवाटार स्रोतले कासिन न्यूज सँगको कुराकानीमा बताएको छ ।
भेटघाटमा प्रधानमन्त्री दाहालले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएको प्रधानमन्त्री दाहाललाई उद्धित गर्दै बालुवाटार स्रोतले बतायो ।
उद्योग मन्त्रालयमा आँखा लगाएको जनमतले तत्काल सो मन्त्रालय पाउने सम्भावना छैन् किन कि उक्ता मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको छ ।

जनमत पार्टीले आफूहरूले रोजेको भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि आफ्ना एक मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको थियो। गत पुस ११ गते शपथ लिएका जनमत पार्टीका मन्त्री अब्दुल खानले माघ ३ गते मात्रै खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

जनमत पार्टीका मन्त्री खानले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन कायमै राखेको थियो । तर आगामी आर्थिक वर्षको बजेटको विपक्षमा उभिएपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा भइरहेको छ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर