बिश्व सेरोफेरो : रोकिएन हिंसा – फ्रान्सेली सहर मार्सेमा जारी विरोध प्रदर्शनमा प्रहरी र दंगाकारीहरूबीच झडप
- असार १७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रहरी अधिकारीको गोली लागेर एक किशोरको मृत्यु भएपछि फ्रान्सेली सहर मार्सेमा जारी विरोध प्रदर्शनले पाँचौँ रात कटाएको छ । प्रहरी र दंगाकारीहरूबीच झडप जारी छ ।
सार्वजनिक भएका भिडिओहरूमा प्रहरीले दंगा नियन्त्रणका लागि अश्रु ग्यासको प्रयोग गरेको देखिन्छ। अधिकारीहरूका अनुसार यस दक्षिणी सहरबाट मात्रै थप ५६ जना पक्राउ परेका छन्। मध्य प्यारिसमा भने उल्लेखनीय संख्यामा प्रहरी तैनाथ भएकाले विरोध प्रदर्शन केही निरुत्साहित भएको छ ।
प्यारिस नजिकैको उपनगर नान्तेरमा भएको हत्यापछि फ्रान्सका धेरै सहरहरूमा मङ्गलवारदेखि अशान्ति फैलिएको हो।शनिवार पुनः देशभर करिब ४५ हजार प्रहरी परिचालन गरिएको छ। त्यहाँको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्थानीय समयअनुसार आइतवार बिहानको साढे तीन बजेसम्ममा ४८६ जनालाई पक्राउ गरिएको छ।
शुक्रवार रातिसम्म १३ सय जनालाई पक्राउ गरिएको थियो भने विहीवार ९सय जना पक्राउ परेका थिए। शनिवार साँझभर मार्से सहरमा सुरक्षा बल र प्रदर्शनकारीहरू बीच घम्साघम्सी निरन्तर चल्यो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments