•  ११ पुष २०८१, बिहीबार

आइसिसी विश्वकप छनोट : युएईविरुद्ध नेपालको सानदार जित, सातौं स्थानका लागि आयरल्यान्डसँगको भेट पक्का

- असार १७, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपालले आइसिसी विश्वकप छनोटको प्लेअफ खेलमा युएईलाई तीन विकेटले पराजित गरेकोछ । जितसँगै सातौं स्थानका लागि नेपालले आयरल्यान्डसँगको भेट पक्का गरेको छ ।

जिम्बावेको हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा नेपालले युएईलाई ३ विकेटले पराजित गरेको हो । युएईले दिएको १ सय ८२ रनको लक्ष्य नेपालले ४३ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले ८५ बलमा ७ चौका र २ छक्काको सहयोगमा अविजित ७९ रनको अर्धशतकीय ईनिङ खेले ।गुलसन १२ रन बनाए ।

युएईका लागि मुहम्मद जवादुल्लाहले ३ तथा रोहन मुस्ताफा, सन्चित शर्मा, जुनेद सिद्दिकी र अलि नासेरले समान १/१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएई ४६ दशमलब ५ ओभरमा १ सय ८१ रनमा अलआउट भएको थियो ।

युएईका ओपनर आसिफ खान इनिङको दोस्रो बलमा नै करण केसीको बलमा शुन्य रनमा पेभिलियन फर्किएका थिए । दोस्रो विकेटका लागि आर्यांश शर्मा र वृत्यले ८८ बलमा ६४ रनको साझेदारी गरी युएईलाई खेलमा फर्काउने कोसिस गरेका थिए ।

संचित शर्मा १४ बलमा १२ रन तथा रमिज शाहजादले २८ बलमा १० रन बनाए । नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३र३ तथा प्रतिस जिसी, गुलसन झा र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिए । जितसँगै नेपालले सातौं स्थानको लागि मंगलबार आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर