३१औं स्थापना दिवस : ‘व्यवसायी इमानदार हुनैपर्छ, प्राप्त सुविधाको दुरुपयोग गर्ने छुट व्यवसायीलाई छैन – मन्त्री भण्डारी
- असार १८, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
‘व्यवसायी इमानदार हुनैपर्छ, प्राप्त सुविधाको दुरुपयोग गर्ने छुट व्यवसायीलाई छैन । संसारमा कामको कमी छैन, अस्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छैन । तपाईंहरूले आफ्नो व्यवसाय चलाउँदा गरिबको चुलो ननिभोस् भन्नेमा ध्यान दिनु होला ।’‘ नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१औं स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्तव्य राख्दै मन्त्री भण्डारीले उक्त धारणा राखेका हुन् ।
मन्त्री भण्डारीले मस्कट घोषणापत्र समेटेर सुधार गर्नुपर्ने बाध्यता रहेकाले मर्यादित वैदेशिक रोजगारका लागि व्यवसायीलाई इमानदार हुन आग्रह गरे । कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बूले वैदेशिक रोजगारले नेपालीको आयु बढाएको, कुपोषण अन्त्य गरेकोे, गुणस्तरीय शिक्षामा योगदान दिएको जस्ता अनगिन्ती उपलब्धि हासिल गरेकाले व्यवसायीले सकारात्मक उपलब्धिलाई आधार बनाएर रहेका कमीकमजोरी सुधार गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए । मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगार क्षेत्र सुधार हुनुपर्नेमा जोड दिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार भनिने भएपनि आफू त्यसलाई परिवर्तन गरी मर्यादित, व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारको मान्यतामा काम गर्ने सोचमा रहेकोे बताए ।
वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले कामदारको सुरक्षा र चेतना अभिवृद्धिमा ध्यान दिन आग्रह गरे । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ तथा महासंघ बस्तुगत संघका उपाध्यक्ष हेमराज ढकालले संघले उठाएका मागप्रति महासंघको ऐक्यबद्धता रहेकोे भन्दै माग पूरा गर्न सरकारसँग आग्रह गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्षहरू तथा संघलाई आर्थिक सहयोग गर्ने विभिन्न व्यवसायीहरूलाई सम्मान गरिएको थियोे । कार्यक्रममा संघका पूर्वअध्यक्षहरू निर्मल गुरुङ, भरतसिं थापा, ताराप्रसाद भट्टराई, एलपी साँवा लिम्बू, तिलकबहादुर रानाभाट, प्रेमबहादुर कटुवाल, बलबहादुर तामाङ उपस्थित रहेका थिए भने पूर्वअध्यक्षहरु पुष्प लाल महर्जन, प्रेमबहादुर गुरुङ, दानबहादुर तामाङ, दिलप्रसाद पोखरेल, हंसराज वाग्ले, विमलप्रसाद ढकाल तथा रोहन गुरुङ अनुपस्थित थिए ।
कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने सबैलाई कदर पत्र प्रदान गरिएको थियोे । कार्यक्रममा संघका संस्थापक अध्यक्ष स्व. महेन्द्र सेरचन, पूर्वअध्यक्ष स्व. सोमलाल बटाजु, निवर्तमान अध्यक्ष स्व. विष्णुप्रसाद गैरे तथा विभिन्न समयमा मृत्यु भएका व्यवसायीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियोे । संघका अध्यक्ष राजेन्द्र भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव मेघनाथ भुर्तेलले गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments