दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नैपर्छ : महामन्त्री थापा

- असार १८, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षामा नयाँ पहिचानको जरुरी भै सकेको बताएका छन् । काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने “हाम्रो विश्वविद्यालयलाई अब राजनीतिक दलसँग शतप्रतिशत अलग गर्नुपर्छ । दलको झोला बोकेर विश्वविद्यालय छिर्न पाइँदैन भन्ने कुरालाई स्थापित गर्नैपर्छ.। अनि मात्र शिक्षा क्षेत्रमा सुधारको सम्भावना छ ।

उनले भने , नत्र भने हामीले जहिले पनि शिक्षाको क्षेत्रमा पछाडी पर्ने छौ ,होइन भने यो पाप र अपराधले यति धेरै थिच्छ । हामीले यसबाट मुक्ति पाउँदैनौं। यसका लागि विश्वविद्यालय ऐन ल्याउनुपर्छ। कुनै पनि दलको झोला बोक्ने प्राध्यापक, कर्मचारी, विद्यार्थी र अन्यलाइ पनि विश्वविद्यालयले चिन्दैन भन्ने कुरा ऐनमै लेख्नुपर्छ।“

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर