परिवर्तन हुँदै रिल : हजार, लाख हुँदै करोडमा प्रवेश गरेको कलिवुड चलचित्र
- असार १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपालमा चलचित्रको विकास क्रम केही ढिलो सुरू भए पनि हाल यो क्षेत्रले आफूलाई सशक्त बनाईरहेको छ । कलिवुडको नाम चर्चित नेपाली चलचित्र क्षेत्रले स्तर उन्नतीको लागि धेरै नै पापड बेल्नु परेको इतिहास छ ।
थोरै भन्दा थोरै रेसियोमा चलचित्र निर्माण हुने कलिवुड जगतले अहिले भने दर्शकहरुको मनलाई चोर्न सफल भएको मान्नु पर्छ ।अहिले बिशेष गरेर नव युवायुवतीहरु नेपाली चलचित्रको असली दर्शक भएका छन् । बिगतमा न्यून संख्यामा चलचित्र पस्किने कलिवुडले अहिले भने आफनो रेसियोलाई ह्वातै बढाएको छ । तर पनि यसका लगानिकर्ताहरुमा खुशीको लक्षण त्यति पाइदैन ।
अहिले दर्जनौ चलचित्रहरु निर्माण भै रहेका छन् । कलिवुड चलचित्र जगतले विभिन्न चरणहरु पार गरिरहेको छ । अहिले भने आधुनिक प्रविधिको युगमा आफुलाई स्थापित गरिसकेको कलिवुडले पछिल्लो समय आम्दानीमा पनि राम्रो यात्रा तय गरेको चलचित्रकर्मीहरु बताउँछन् ।
माओवादी क्रान्तिले २०५१ साल पछिको दशकको मध्य तिर सिनेमा क्षेत्र ओरालो लाग्यो। दर्शक घट्न थाले पछिल्ला वर्षमा यो क्षेत्र ठप्प जस्तै भयो। केही कलाकारहरू विदेश पलायन भए। कलाकारहरू सरोज खनाल, शिव श्रेष्ठ, करिश्मा मानन्धर, तृप्ती नदाकर, कृष्टी मैनाली र गौरी मल्लले कही काम गरेका थिए।
केही निर्माताहरू फरक धारका चलचित्र निर्माण गर्न थाले। स्थानिय कथावस्तु र वास्तविकतामा आधारित चलचित्र बन्न थाले।जसमा बलिदान र सीमा रेखा लाई दर्शकले रुचाएका थिए। २०५७ मा चलचित्र दर्पण छायाँ बन्यो। जसलाई तुलसी घिमिरेले निर्देशन गरेका थिए। फिल्मा दिलीप रायमाझी, निरुता सिंह, उत्तम प्रधान को अभिनय थियो। यो चलचित्र ७० लाख कमाउन सफल भएको थियो।
नेपाली चलचित्रको इतिहास तुलनात्मक रुपमा छोटो भएपनि यसले विभिन्न चरणहरू पार गर्दै अहिलेको माहोलमा आइपुगेको हो । आफनो ५३ वर्षे इतिहासलाई केलाउँदै जाँदा अहिलेको स्थितीलाई चलचित्र क्षेत्रको सुदृढ युग भन्दा पनि फरक पर्ने छैन् ।
नेपालमा निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन २०२२ सालको असोजमा आमा चलचित्रबाट भएको थियो । यस चलचित्रको निर्देशन हिरा सिंह खत्रीले गरेका थिए। चलचित्रमा शिवशङ्कर मानन्धर र भुवन चन्द को अभिनय थियो। जो नेपाली सिनेमाका पहिलो नायक नायिका मानिन्छन्।
तर सरकारी लगानीमा निर्मित यो चलचित्र निर्माण हुनु अगावै २०१८ सालमा नीजि लगानीमा निर्माण थालिएको चलचित्र माइतीघर भने आमा भन्दा पछाडी मात्र सार्वजनिक भयो । यस चलचित्रमा माला सिन्हा र चिदाम्बर प्रसाद लोहनीको प्रमुख भुमिका रहेको छ। यो जोडीले पछि विवाह पनि गरेका थिए। चलचित्रमा सुनिल दत्त र हास्य कलाकार राजेन्द्र नाथको विशेष उपस्थिति रहेको थियो। चलचित्रको निर्देशन बी एस थापाले गरेका थिए। र कुशल प्रतिभा जयदेवले संगित भरेका थिए। फिल्ममा लता मंगेशकर, आशा भोसले, उषा मङ्गेशकरका साथै प्रेमध्वज प्रधान, सीपि लोहनी र अरुणा लामाले स्वर दिएका थिए।
२०२७ मा सरकारले शाही नेपाल चलचित्र संस्थान स्थापना गरेर मनको बाँध चलचित्र निर्माण गर्यो। जसको निर्देशन जय राणा र सङ्गित नातीकाजी र शिव शंकरले भरेका थिए। गीतमा स्वर अम्बर गुरूङ ले दिएका थिए। यसको प्रिमियर सन २०२९ मा गरिएको थियो। यस पछि २०३४ मा कुमारी र २०३६ मा सिन्दुर र जीवन रेखा चलचित्र निर्माण भए। यो सफलतासँगै चलचित्र निर्माणमा निजि क्षेत्रको आगमन भएको थियो। सन १९७८ मा सिनेरोमा व्यानरमा परालको आगो निर्माण भएको थियो।
यसको निर्देशन प्रताव सुब्बाले गरेका थिए। कथावस्तु र सुमधुर सङ्गीतका कारण चलचित्र सफल भएको थियो।
यसमा टङ्क शर्मा, वसुन्धरा भुसाल, सुष्मिता ढकाल, आई के सिंह, मेनुका प्रधानको अभिनय थियो। पहिलो महिला संगितकार शान्ति ठटाल ले संगित दिएकी थिइन। जसमा शब्द मानबहादुर मुखिया र इन्द्र थपलियाको थियो। र स्वर अरुणा लामा, दावा ग्याल्मो, पेमा लामा, शङ्कर गुरूङ र दीपा गहतराज (झा) को थियो। पटकथा प्रताव सुब्बाको थियो।
२०३६ पछि धेरै रचनात्मक चलचित्रहरू बने जो सफल पनि रहे। जसका कारण धेरै निर्माण कम्पनिको आगमन भयो। धेरै सिनेमा बन्न थाले।सम्झना, कुसुमे रूमाल, लाहुरे, कान्छी, वासुदेव, साइनो र कोशेली सन १९८४ देखि १९९३ मा रिलिज भएका उत्कृष्ट चलचित्र हुन। र भुवन केसी र तृप्ती नदाकर को जोडिलाई यसबेला स्वर्णिम जोडीका रूपमा चिनिन्थ्यो।
दशकको पछिल्ला वर्षहरूमा सिनेमा जगतमा राजेश हमाल र करिश्मा मानन्धर को आगमन भयो। २०४६ को राजनीतिक परिवर्तन पछि चलचित्र क्षेत्र पनि अगाडि बढ्यो ३ वर्षमा १४० चलचित्र निर्माण भए। फिल्मक वितरण पनि बढ्न थाल्यो । सिनेमा बजार विस्तार भयो। नेपाली निर्माताहरू हिन्दी चलचित्रको प्रभाव कम गर्न सफल रहे।
अहिलेका अवस्था
२०६३ पछिको सहज राजनीतिक वातावरण र माओवादी मुलधारको राजनीतिमा आएपछी नेपाली सिनेमा पनि सूदृढ बन्न थाल्यो। निर्माण क्रम बढ्न थाल्यो, चलचित्र छायाँङ्कन स्थल पनि बढ्न थाले। चलचित्रको व्यापार पनि बढ्न थल्यो।
नयाँ पुस्ताका निर्माताहरू संवेदनशिल र मनोरञ्जनात्मक चलचित्र निर्माण गर्न थाले।कागवेनी, सानो संसार, मेरो एउटा साथी छ, फस्ट लभ, कोही मेरो जस्ता सफल चलचित्र बने। यि चलचित्रहरू प्रस्तुति, अभिनय, कथावस्तु र प्रविधिका हिसावमा उत्कृष्ट रहेका थिए।
२०६८ मा प्रदर्शनमा आएको भएको चलचित्र लुट व्यावसायिक रूपमा ब्लकबस्टर भएको थियो। चलचित्रले कुल ५ करोडको कारोवार गर्न सफल भएको थियो। यो चलचित्रले हलमा १ सय दिन मनाउन सफल भयो। त्यस लगत्तै आएको चलचित्र चपली हाइट ले पहिलो हप्ता मै १४०,००० को कारोवार गरी नयाँ रेकर्ड बनायो। र यसले कुल ३.५ करोडको कारोवार गर्यो। सन २०१४ मा रिलिज भएको चलचित्र नाई नभन्नु ल–२ ले पनि ५१ दिन सम्म हल पायो।
यो चलचित्रले नेपाल भित्र ५ करोडको कारोवार गरेको थियो। अगष्ट २०१४ मा रिलिज भएको चरचित स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठ को चलचित्र कोहिनूर पनि सफल भयो। चलचित्रले रिलिजको १० दिनमा ३ करोड १५ लाखको ब्यापार गर्यो।दुई महिनामा चलचित्रले १२ करोडको कारोबार गरेको थियो। चलचित्रले देसभरका १२ हलमा ५१ दिन सम्म स्थान पाएको थियो।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments