•  २३ पुष २०८१, मंगलवार

निरन्तर वर्षा : तिनाउको बाढीले खतराको तह पार गर्‍यो, सडक तथा हवाई यातायात प्रभावित

- असार १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
बुटवल ।

रुपन्देहीको तिनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेकाले खतराको संकेत स्वरुप साइरन बजाइएको छ ।

तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानहरुमा मंगलबार बिहान ९ बजेसम्म सुरक्षित स्थानमा रहन सूचना जारी गरिएको छ ।

अन्य स्थानका नदी तथा खोलाहरुमा भने जलसतह खतराको तहभन्दा तलै छ ।

मौसमविद गंगा नगरकोटीका अनुसार अहिले देशैभर बादल लागिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

काठमाडौं उपत्यकामा पनि बिहानैदेखि वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा राम्रो घाम लाग्ने सम्भावना नरहेको मौसमविद नगरकोटीको भनाइ छ । ‘एकछिन रोकिए पनि फेरि वर्षा हुने हुन्छ,’ उनले भनिन्, ‘आज राम्रो घाम लाग्ने सम्भावना छैन ।’

मंगलबार दिउँसो कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा तथा राति कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने भएकाले क्षतिबाट बच्न सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर