•  ११ पुष २०८१, बिहीबार

भट्टको सानदार शतक : नेपालले दियो मलेसियालाई २ सय ५३ रनको विशाल लक्ष्य

- असार १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली ब्याटर नरेन भट्टको सानदार शतकमा नेपालले एसिसी यू(१६ इस्ट जोन कपको फाइनल खेलमा घरेलु टोली मलेसियालाई २ सय ५३ रनको विशाल लक्ष्य दिएको छ । बायोमास ओभल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ८विकेट गुमाउँदै २ सय ५२ रन बनायो ।
नेपालका नरेन भट्ट ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनमा नटआउट रहे । उनी ८२ बलमा शतक पूरा गरेका थिए । उनी जारी प्रतियोगितामा शतक हान्ने पहिलो नेपाली खेलाडी हुन् ।
नेपालका ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । निरज मोहम्मद फथुल मुइनको बलमा एलबीडब्लू आउट भएका हुन् । दोस्रो विकेटका लागि निरज र नरेन भट्टले ५५ बलमा ५५ रनको साझेदारी गरेका थिए ।
नेपाललाई ओपनर सुर्यांशु कोइराला र निरज कुमारले पहिलो विकेटका लागि ७.२ ओभरमा ४१ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए ।

सुर्यांशु तीव्र गतिका बलर एरिन अकिलको बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर हम्जा पांगीबाट समातिन पुगे । सुर्यांशुले २३ बलमा २ चौकासहित १८ रन बनाए । सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर