•  ११ पुष २०८१, बिहीबार

कोशी प्रदेश > व्यक्तिगत राजनीतिक टकराव : सत्ता राजनीतिको तारतम्य मिलाउन कांग्रेसका सभापति देउवाले बढाए हात – लिङदेनले दिएनन ठोस जवाफ

- असार १९, २०८० मा प्रकाशित


कासिन न्यूज,
विराटनगर ।

कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको नेपाली कांग्रेसलाई राप्रपा मनाउनैपर्ने चुनौती छ । प्रदेशसभामा ६ सिटको राप्रपाको साथ नपाए मुख्यमन्त्री नियुक्त भएपनि थापालाई सत्ता टिकाउन कठिन हुनेछ ।
सत्ता राजनीतिको तारतम्य मिलाउन कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङदेनसँग सोमबार साँझ वार्ता गरेका छन् । तर राप्रपा अध्यक्ष लिङदेनले ठोस जवाफ नदिएका कारण सभापति देउवा केही अलमलमा परेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुबीच कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बनाउने सहमति जुटेपछि देउवाले लिङ्देनसँग सम्वाद गरेका थिए ।
अहिले थापालाई कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादी पार्टी ९जसपा० को १ सांसदको मात्रै समर्थन छ । त्यो भनेको सभामुखसहित ४७ जनाको समर्थन हो ।
कुनै प्रस्तावको पक्ष र विपक्षमा मत बराबर भएको अवस्थामा मात्र सभामुखले मत दिन पाउँछन् । राप्रपाको साथ लिन गठबन्धनका नेताहरु लागिपरेका छन् । तर कांग्रेसकै नेताहरु राप्रपाको साथ पाउनेमा ढुक्क छैनन् ।

त्यसको कारण भने राप्रपाले एमालेलाई दिइरहेको साथ मात्रै नभएर झापाको राजनीतिमा कांग्रेस र राप्रपा नेताहरुबीचको तिक्ततापूर्ण सम्बन्ध समेत हो । राप्रपाका अध्यक्ष लिङ्देन र कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच जस्तो प्रतिस्पर्धात्मक सम्बन्ध छ, त्योभन्दा बढी कांग्रेस नेताहरुसँग राप्रपा प्रदेशसभा संसदीय दलका नेता भक्ति सिटौलाको तिक्ततापूर्ण सम्बन्ध छ ।

कृष्णप्रसाद सिटौला र उद्धव थापाको पेलानमा परेको भनेरै भक्ति सिटौलाले २०७० सालमा कांग्रेस छाडेका थिए । यही बुझेर कांग्रेसभित्र प्रदेश संसदीय दलको नेता फेरेर भएपनि मुख्यमन्त्री लिनुपर्ने आवाज उठेको थियो । उद्धव थापा कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट भएकाले कांग्रेसभित्रको समीकरणमा त्यस्तो विकल्प सहज भएन ।
अहिलेको राजनीतिक सम्बन्ध भन्दा बढी व्यक्तिगत टकराव नै हो । अझ उद्धव थापासँग त भक्ति सिटौलाको राजनीति सँगसँगै र नेविसंघको पृष्ठभूमिबाटै अगाडि बढेको थियो । २०३५ सालदेखि नेविसंघको झापा जिल्ला समिति हुँदै थापा र सिटौलाले राजनीति अगाडि बढाए । सिटौला नेविसंघको महामन्त्रीसम्म भए । नेविसंघबाट बाहिरिएर पार्टी राजनीति गरे ।
प्रदेशको राजनीतिमा उद्धवसँग भक्तिको तिक्तता जस्तै राप्रपा अध्यक्ष लिङ्देनसँग कांग्रेस नेता सिटौलाको प्रतिस्पर्धात्मक सम्बन्ध छ । कांग्रेसको केन्द्रीय नेतृत्वमै दाबी गर्ने सिटौलालाई २०७४ र २०७९ को चुनावमा लिङ्देनले झापा–३ बाट पराजित गरेका थिए ।
अर्कातिर सरकारको नेतृत्वमा कायमै रहने प्रयत्न एमालेले पनि गरिरहेको छ । एमालेको विश्वास राप्रपाले साथ दिन्छ भन्ने नै छ । त्यसमा एक सिट रहेको जसपालाई मनाउन सके प्रदेशसभामा बहुमतको लागि आवश्यक ४७ सिट पुग्ने एमाले नेताहरुको आशा छ । त्यस्तो अवस्थामा राप्रपाको मत कांग्रेस नेतृत्व गठबन्धनले पाउन थप कठिन हुनेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर