गोठ उज्यालो कार्यक्रम
- असार १९, २०८० मा प्रकाशित
कासिन न्यूज,
कालीकोट ।
कालीकोटको महावै गाउँपालिकाले खर्क (गोठ) उज्यालो कार्यक्रम सञ्चालन गर्ने भएको छ । पशुपालन गर्ने किसानलाई ध्यानमा राखेर खर्क (गोठ) उज्यालो कार्यक्रम सञ्चालन गरिने भएको हो ।
गाईभँैसी, भेडाबाख्रा पाल्ने किसान घरमा नबसेर चरनका लागि टाढाटाढासम्म जाने भएकाले (गोठ) खर्कमा अँध्यारो बस्ने किसानलाई गाउँपालिकाले सोलार वितरण गरेर उज्यालो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
गाउँपालिकाले पशुपालन गर्ने किसानलाई ध्यानमा राखेर खर्क उज्यालो कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले जानकारी दिए । “पशुपालन उत्पादनको लागत मूल्य घटाउनुका साथै स्वस्थ पशुपालन प्रणालीको विकासका लागि घाँस विकास कार्यक्रम सञ्चालन गर्नुका साथै पशुपालन गर्ने किसानलाई खर्कमा बस्ने भएकोले सोलार वितरण गरिनेछ”, उनले भने, “व्यावसायिक पशुपालनमार्फत युवालाई गाउँमा नै रोजगारी दिनका लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराउने लक्ष्य राखेका छौँ ।”
पशुपालन गर्न चाहनेका लागि पशुपालन तालिम, किसान समूह, सहकारी, सङ्घ संस्था र गाउँपालिकाको साझेदारीमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष सिंहले जानकारी दिए । “पशुपालन क्षेत्रमा दलित, महिला, जनजाति, विपन्न वर्गका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन गरिनेछ”, उनले भने, “पशुपालनबाट मासु, दूध र अण्डामा गाउँपालिकालाई आत्मनिर्भर बनाएर निर्यात गर्ने अवस्थामा पु¥याउनका लागि यो कार्यक्रम लागू गरिएको छ ।”
वर्षायामको निरन्तर झरी र असिना पानीबाट पशुचौपायालाई बचाउनका लागि पाटन वा चरन क्षेत्रमा आवश्यकताअनुसार पशु गौशाला निर्माण गर्ने गाउँपालिकाका उपाध्यक्ष दानसिंह सेजुवालले बताए । “पशुको निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको व्यवस्था समेत मिलाइएको छ”, उनले भने, “पशुपालन गरेर युवालाई रोजगारी तथा गरिबीको अन्त्य गर्ने लक्ष्य राखेका छौँ ।”
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments