राप्रपाले तोक्यो प्रदेश संयोजक : लुम्बिनी प्रदेशमा मिश्र, कर्णालीमा गिरी
- असार २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोकेका छन् ।
पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको “नवीन राप्रपा–२०८०” को कार्ययोजना कार्यान्वयन गर्न उनले सात वटै प्रदेशमा प्रदेश संयोजक तोकेका हुन । उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश संयोजक, उपाध्यक्ष बुद्धिमान तामाङ– मधेस प्रदेश संयोजक, विक्रम पाण्डे–बागमती प्रदेश संयोजक, उपाध्यक्ष ध्रुवबहादुर प्रधान–गण्डकी प्रदेश संयोजक, रवीन्द्र मिश्र– लुम्बिनी प्रदेश संयोजक, उपाध्यक्ष मुकुन्द श्याम गिरी – कर्णाली प्रदेश संयोजक र उपाध्यक्ष उद्वव पौडेलले सुदूरपश्चिम प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
जिम्मेवारी प्राप्त गरेका संयोजकले छ महिनाभित्र साङ्गठनिक सुदृढीकरणका कार्यसम्पादन गरी प्रतिवेदन केन्द्रलाई बुझाउनुपर्ने छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments