बाढी पहिरोको बितण्डा : सडकमा २ लाख ४९ हजार ६२३ रुपैयाँ बराबरको भौतिक क्षति – तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध
- असार २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
बाढी पहिरोको कहर अहिले देश भर नै चलेको छ । बाढी पहिरोका कारण अहिले सडक अवरुद्ध हुने गरेको छ । नेपाल सरकारको सडक विभागले दिएको जानकारी अनुसार अहिले बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने १३ वटा सडकहरु एकतर्फी रुपमा सञ्चालनमा आएका छन् ।
सडक विभागले दिएको पछिल्लो अपडेट अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन् । मेची राजमार्ग अन्तर्गतको केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम,गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गोला खण्ड अवरुद्ध भएका छन् ।
यसैगरी तमोर करिडोर अन्तर्गत चतरा–मूलघाट–माझीटार–अमरापुरडाँडा–गणेश चोक खण्ड पनि अवरुद्ध छ । यस्तै कोशी राजमार्ग अन्तर्गत रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथांका सडकखण्ड पनि अवरुद्ध रहेको विभागले जनाएको छ ।
एकतर्फी सन्चालनमा रहेका सडकहरुमा तानसेन–रिडी–कोरला र डुम्रे–बेशीसहर–चामे सडक खण्ड एकतर्फी चालु छन् । यसैगरी सिद्धार्थ राजमार्ग अन्तगर्तको बेलहिया, भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा खण्ड पनि एकतर्फी सन्चालनमा रहेको सडक विभागले जनाएको छ ।
हालसम्म अवरुद्ध भएका ५७ वटा सडक सन्चालनमा आइसकेको र यस वर्ष ७३ वटा सडकखण्ड अवरुद्ध भएको विभागको तथ्यांक छ । हालसम्म सडकमा २ लाख ४९ हजार ६२३ रुपैयाँ बराबरको भौतिक क्षति भएको विभागले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments