इन्स्पेक्टर तिमिल्सिनाले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौ दोषी देखिए कारबाही हुन्छ – एसपी के.सी

- असार २०, २०८० मा प्रकाशित


कासिन न्यूज
काठमाडौं ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक एसपी अजय के.सीले ‘इन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन, हामी साइबर ल्याबबाटै छानबिन गर्छौं, छानबिनबाट दोषी देखिए कारबाही अघि बढ्छ ।’
आफनो मातहतको प्रहरी निरिक्षकका कारण अहिले केही तनावमा रहेका एसपी के.सीले प्रहरी निरिक्षक सुवास तिमिल्सिनाले यदि यस्तो हर्कत गरेको प्रमाणित भए उनलाई कार्वाही गर्न नचुक्ने बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएको बाहिरिएपछि छानबिन अघि बढेको हो । पीडित महिला प्रहरीले इन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गर्दै आफूलाई असुरक्षित बनाएको उल्लेख गरेकी थिइन् । ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत,’ ती महिलाले भनेकी छन् ।

उनले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफू ती महिला प्रहरीको ‘फिगरको फ्यान’ भएको, फोटो पठाउन अनुरोध गरेकालगायत म्यासेज छन् । ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको हो ।
इलाका प्रहरी कार्यालय शिसुवामा कार्यरत डिएसपी प्रकाश दाहालको संयोजकत्वमा इन्सपेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरिएको छ ।

घटना सार्वजनिक भएलगत्तै तिमिल्सिनाले कास्कीका प्रहरी प्रमुख के.सी समक्ष निवेदन दिएका छन् । उनले आफ्नो अकाउण्ट ह्याक भएको दाबी गरेका छन् । छानबिन गरेर कारबाही गर्न उनको निवेदनमा माग गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर