सेवाग्राहीसँग घुस लिँदै गर्दा अइन्जिनियर यादव अख्तियारको नियन्त्रणमा
- असार २०, २०८० मा प्रकाशित
कासिन न्यूज,
रुपन्देही ।
रुपन्देही कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द्रकुमार यादव वडा नं ५ को सडकको ग्राभेल र पिससी कार्यको भुक्तानीका लागि सेवाग्राहीसँग रु ४५ हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको छ ।
अभियुक्त यादवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको हो ।
त्यसैगरी महोत्तरीको सम्झी गाउँपालिकाको लेखापाल रौशनकुमार राउत र कार्यालय सहयोगी घरीन यादवलाई कोभिड–१९ सम्बन्धी जनचेतनामूलक कार्यक्रमको भुक्तानी गर्ने क्रममा रु एक लाख २५ हजार घुस लिइरहेको अवस्थामा आयोगको कार्यालय बर्दिवासबाट खटिगएको टोलीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई लेखापालको कार्यालयबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दालहालले जानकारी दिए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments