सरकार ढल्दैन, हामीलाई जनताको पूर्ण समर्थन छ : सूचना मन्त्री शर्मा
- असार २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारलाई जनताको पूर्ण समर्थन भएकाले सरकार ढल्ने कुनै सम्भावना नरहेको बताएकी छिन् ।
प्रेस सेन्टर नेपाल काठमाडौँ शाखाले आयोजना गरेको अन्तक्र्रियामा नेपाल सरकारका प्रवक्ता शर्माले सरकारले राम्रो काम गरिरहेकाले सरकार ढल्ने औचित्य र आवश्यकता नभएको स्पष्ट पारिन ।
“सरकारलाई जनताको पूर्ण समर्थन छ । भ्रष्टाचारविरुद्धका कदमका कारणले पनि जनताको मर्म बुझेर सरकार काम गरिरहेको अनुभूति भएको छ । सत्तागठबन्धन यो सरकारको पक्षमा कटिबद्ध छ र सरकार दृढतापूर्वक आफ्ना कदम चाल्दैछ”, मन्त्री शर्माले भनिन , “बाहिर कहाँ के चलिरहेको छ, हामीलाई थाहा भएन । सरकार पीडितलाई न्याय दिन र पीडकलाई कारबाही गर्न पछि पर्ने छैन । राम्रो काम गर्दागर्दै सरकार ढल्छ भने पनि हामीलाई आपत्ति छैन ।”
संसद्मा विपक्षी दलले असान्दर्भिकरूपमा विषयवस्तु उछालेर गतिरोध गरेकामा आपत्ति प्रकट गर्दै मन्त्री शर्माले सदनको गतिरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिन ल्याइएको प्रतिस्थापन विधेयकजस्ता महत्त्वपूर्ण र संवेदनशील विषयलाई अघि बढाउन नपाइएको उनको भनाइ थियो ।
उनले सदनमा उठाइएका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा आफ्ना कुरा राख्न समय माग्नुभएकाले त्यसपछि गतिरोध हट्ने विश्वास व्यक्त गरिन । मन्त्री शर्माले देश र जनतालाई साक्षी राखेर म देशका लागि केही गर्छु भनेर प्रधानमन्त्रीले भनिरहनुभएको छ, यस अवस्थामा सरकारलाई सहजताका साथ काम गर्न दिन संसद्ले सहयोग गर्नुपर्ने बताइन ।
उनले सङ्घीय निजामती ऐन र सङ्घीय शिक्षा ऐनलाई अगाडि बढाउने प्रक्रियामा सरकार रहेको पनि अवगत गराइन ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments