नवकिरण प्लस : एचआईभी एड्स पिडितहरुको नाम र रगत बेचेर आएको डोनेसनमा काफ्लेको रजाई
- असार २२, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
कुनै दिन उनी आफै एचआईभी एड्स संक्रमित थिए । आफू पनि एचआईभी एड्सको सिकार भएपछि उनको मनमा विभिन्न तरंगहरु फैलिए । एचआईभी एड्सको आफै सिकार भएपछि किन आफै सिकारी नहुने उनको मनमा फैलिएको कुरा हो । हो अहिले यहि सिकारी नै एचआईभी एड्सको क्षेत्र ठूलै माफिया भएर निष्केका छन् ।
यी हुन् एचआईभी एड्सको क्षेत्रमा सहयोगात्मक कार्य गरिरहेका नवकिरण प्लसका संस्थापक राजीव काफ्ले । नवकिरण प्लस नामक एचआईभी एड्स पिडितहरुको संस्थाका संस्थापक रहेका काफ्ले अहिले विभिन्न भष्ट्राचारका काण्डहरुमा मुछिएका छन् ।
एचआईभी एड्सको नाममा विभिन्न अन्तराष्ट्रिय संस्थाहरु सँग चन्दा (डोनेसन) लिएर संस्थालाई हाँकीरहेका काफ्लेलाई अहिले आर्थिक प्रलोभनले ठूलै रुपमा छोएको छ । उनी सँगै काम गरेका सुरेन्द्र शाह भन्छन् , अहिले एचआईभी एड्सको क्षेत्रमा काम गरेर प्रख्याति कमाएकोे नवकिरण प्लसमा बदनामीको दाग लाग्न थालेको छ ।
शाह भन्छन् , काफ्लेमा देखीएको आर्थिक प्रलोभनको जात्राले संस्थामा बेइजतीका दागहरु लाग्न थालेका छन् । अन्तराष्ट्रिय क्षेत्रबाट आउने डोनेसनको आधी भन्दा बढि हिस्सा काफ्लेले चलाउने गरेको नवकिरण प्लस स्रोतले जानकारी दियो । नवकिरण प्लस स्रोत भन्छ, बिगत देखी काफ्लेमा देखीएको आर्थिक प्रलोभनले गर्दा संस्था कहि पनि मुख देखाउन नसक्ने भै सकेको छ ।
काठमाडौंमा मात्र नभएर देशका विभिन्न जिल्लाहरुमा एचआईभी एड्स संक्रमित उपचारको लागि शाखा खोलेर काम गरिरहेको नवकिरण प्लसका काफ्लेले जिल्लामा कार्यक्रम गर्र्ने भन्दै करोडौं रकम घोटला गरेको काफ्ले निकट केही व्यक्तिहरु बताउन थालेका छन् ।
यति मात्र नभएर काफ्लेले संस्थाको नाममा भएको जग्गा देखी अन्य जिन्सी साधनहरु पनि आफनो नाममा राखेको नवकिरण प्लसका एक पदाधिकारीले कासिन सँगको कुराकानीमा बताए । काफ्लेका कारण अहिले धरापमा परेको नवकिरण प्लसलाई झन् धरापमा राख्ने खेलोमा काफ्ले लागेको पाइन्छ ।
नवकिरण प्लसलाई बेलायत, फ्रान्स, डेनमार्क, विश्व बैंक युएन एड्स, सेभ दि चिल्ड्रेन लगायतका संस्थाहरुले बार्षिक रुपमा १५ करोड भन्दा माथि सहयोग गर्दै आएका थिए । काफ्लेमा देखीएको आर्थिक लालचीपनाका कारण अहिले आउने सहयोग पनि रोकिएको बताइन्छ । बिगतमा जति पनि डोनेसनहरु आए सबै काफ्ले समूहले आफनो निजी स्वार्थको लागि खर्च गरेको पिडितहरु बताउँछन् । बुढानिलकण्ठमा रहेको संस्थाको भवनलाई आफनो नाममा नामाकरण गरि काफ्ले आर्थिक लाभ हासिल गरेको नवकिरण प्लस स्रोतले जानकारी दियो ।
अहिले रहेको भवनलाई संस्थाको नाममा खरिद नगरि आफनै नाममा काफ्लेले खरिद गरेको पाइएको छ । बुढानिलकण्ठमा रहेको भवन पनि शंकर काफ्लेको नाममा खरिद गरेर काफ्ले स्वयंले भोगचलन गरिरहेको पनि बाहिरीएको छ ।
एचआईभी एड्स पिडितहरुको नाम र रगत बेचेर आएको डोनेसनलाई काफ्ले आफनो निजि स्वार्थको प्रयोग गरिरहेको कारण अहिले नवकिरण प्लसमा धराप सिर्जना भएको छ ।
काफ्लेमा देखीएको आर्थिक मनोपोलीका कारण सहयोग गर्ने दातृ राष्ट्रहरुले अहिले नवकिरण प्लसलाई सहयोग गर्न पनि छोडेका छन् । संस्थाले बुढानिलकण्ठमा खोलीएको एचआईभी एड्स पिडितहरुको अस्पतालमा समेत आर्थिक अनिमियता गरेर पिडितहरुलाई झन् पिडित बनाएको तथ्य पनि बाहिरीएको छ । आफना कार्यालयका कर्मचारीहरुलाई दिने तलव रकममा पनि काफ्ले घोटला गर्ने गरेको कर्मचारीहरु नै बताउँछन् । २० हजारको तलव स्केल देखाएर ५ ६ हजारमा दिने चलन पनि काफ्ले संस्थामा बसाएका छन् ।
बाहिर मिठो र नरम शैलीमा प्रस्तुत हुने काफ्लेको भित्रि खेल भने ठूलो रहेको संस्थाका बोर्डका पदाधिकारीहरु नै बताउँछन् ।
संस्थामा रहेको चल अचल सम्पत्तिलाई संस्थाको नाममा रुपान्तरण गर्न संस्थाका पदाधिकारीहरुले काफ्लाई बारम्बार ताकेता गर्दा काफ्लेले कानमा तेल हालेर बसेको गुनासो पदाधिकारीहरुको छ । काफ्लेको कारणले अहिले नवकिरण प्लसले भष्ट्राचारको जालोमा पर्दै गईरहेको बताउँछन् संस्थाका पदाधिकारीहरु ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments