•  ११ पुष २०८१, बिहीबार

सातौं प्रधानमन्त्री कप एनभिए : एपिएफ क्लवमा युवा खेलाडीहरुलाई प्राथमिकतामा राख्दै टोली घोषणा

- असार २२, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाल एपिएफ क्लबले युवा खेलाडीलाई पहिलो प्राथमिकता दिदैं सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगका लागि टोली घोषणा गरेको छ ।
एपिएफले केही युवा खेलाडी समेट्दै टोली घोषणा गरेको हो । चोटका कारण मिडल ब्लकर हिरा केसी यसपटक टोलीमा छैनन् । त्यस्तै युवा आरती सुवेदी पनि एपिएफको नामावलीमा छैनन् ।

पुरुषतर्फ युवा सेटर सुवास कुँवर टोलीमा आएका छन् । यसबाहेक राष्ट्रिय टोलीमा रहेका टेकराज अवस्थी, हेमन्त मल्ल र लोकेन्द्र गिरि पनि टोलीमा छन् । प्रतियोगिता असार २३ देखि ३० गतेसम्म दशरथ रंगशालाको कभर्ड हलमा हुँदैछ । राउन्ड रोबिन लिगमा सबै टोलीले एक आपसमा खेलेपछि लिगको शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि खेल्नेछन् । सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदको मोबाइल एपमार्फत हेर्न सकिनेछ ।

प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका पुरुषतर्फ ७ टोली र महिलातर्फ ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पुरुषमा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश, टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, शैलुंग बाग ढुंगा स्पोर्ट्स क्लब र दावाली मिलन क्लब रहेका छन् ।

महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब, गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा दुवैतर्फको विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पुरुष टोली :

महेन्द्र श्रेष्ठ (कप्तान), लोकेन्द्र गिरि, विनोद चन्द, बलिराम चौधरी, टेकराज अवस्थी, रमेश विक, सुनिल घर्तीमगर, हेमन्त मल्ल, विजय थापा, रुपेन्द्र नेपाली, सन्तोष थापा, सुवास कुँवर

अफिसियल : महेश प्रसाद चौधरी (प्रशिक्षक), पुष्प मल्ल (सहायक प्रशिक्षक), विजय केसी (व्यवस्थापक)

महिला टोली :

विनिता बुढाथोकी (कप्तान), रेश्मा भण्डारी, सरस्वती चौदहरी, उषा विष्ट, नेविका चौधरी, मनिषा तामाङ, निरुता ठगुन्ना, कविता भट्ट, पुजा चौधरी, रस्मिता दुरा, गरिमा बोहोरा, जसना महतो

अफिसियल : महेश चौधरी (प्रशिक्षक), सुरेश चौधरी (सहायक प्रशिक्षक), विजय केसी (व्यवस्थापक)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर