राष्ट्रिय भलिबल लिग सुरु हुँदै : प्रधानमन्त्री दाहालले उद्घाटन गर्ने
- असार २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको सातौँ संस्करण शनिबार सुरु हुँदैछ । नेपाल भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा विहान ८ बजे हुने उद्घाटन खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र गण्डकी प्रदेश तथा पुरुषतर्फ त्रिभुवन आर्मी र शैलुङ्ग बागढुङ्गा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
असार ३० गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ टिम र पुरुषतर्फ ७ टिम समावेश छन् । महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट क्लब छन् ।
यस्तै, पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा क्लब छन् ।
प्रतियोगितामा दुवैतर्फ पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments