कवि सुवेदी सम्मानित

- असार २३, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

कवि तथा गीतकार रामबाबु सुवेदी शनिबार ‘रमाइला नानी बालसाहित्य पुरस्कार २०८०’ बाट सम्मानित भएका छन् ।

नेपाली भाषा र साहित्यका मूर्धन्य स्रष्टा कृष्णप्रसाद पराजुलीको स्मृतिमा स्थापित सो पुरस्कारबाट साहित्य अध्यापक तथा अनुसन्धाता डिल्ली नेपाल पनि पुरस्कृत भएका छन् ।

पराजुलीको ८०औँ जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा वातावरणविद् तथा लेखक डा तीर्थबाबु श्रेष्ठले उनीहरूलाई सो पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कार प्रदान तथा सम्मान समारोहमा नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष प्राडा धु्रव घिमिरे, भाषाशास्त्री प्राडा चूडामणि बन्धु, भाषा साहित्य अध्यापक प्राडा कपिल लामिछाने र सम्मानित व्यक्तित्व सुवेदीले साहित्यकार पराजुलीले नेपाली भाषा साहित्य र त्यस पनि बालसाहित्यको श्रीवृद्धिमा पु¥याउनुभएको योगदानको बारेमा चर्चा गरे।

कार्यक्रममा पराजुली र सुवेदीद्वारा रचित एक÷एक वटा बालगीत गायक राजेन्द्र श्रेष्ठ र दुर्गा परियारले क्रमशः प्रस्तुत गरेका थिए ।

विसं २००४ मा हंशपुर, कास्कीमा जन्मीएका सुवेदी नेपाली साहित्यका फाँटमा विगत पाँच दशकदेखि सक्रिय छन्। उनी मूलतः बाल कविता र बाल गीतका क्षेत्रमा निरन्तर सिर्जनारत छन् । उनका तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

त्यस्तै नेपालले स्व पराजुलीकृत मनमाया काव्यमा विषद् शोध गछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर