रूस – युक्रेन युद्धका ५०० दिन : युक्रेनी सेनाको आत्म विश्वास
- असार २३, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
युक्रेनमा रूसी आक्रमणको ५०० औं दिनमा पनि युद्ध अन्त्य हुने कुनै आभाष महशुस नगरेको त्यहाँका सर्वसाधारणले बताएका छन् ।
युद्ध सुस्ताउनुको सट्टा चर्किंदै जाँदा युक्रेनी सेना पर्याप्त हातहतियार र गोलाबारुदको अभावबीच यसका मुख्य शहरहरू निरन्तर खतरामा परेपनि आफ्नो पदीय दायित्व पूरा गर्न रूसी आक्रमणको प्रतिरोध गर्दै बिस्तारै अघि बढिरहेका छन् ।
जुन महिनाको सुरुदेखि नै युक्रेनको सेनाले पूर्व र दक्षिणमा रूसी सेनाले कब्जा गरेको क्षेत्र पुनः कब्जा गर्न आक्रमण गरिरहेको छ । आक्रमणबाट क्षति बेहोरेको रूसी सेनाले क्रूर प्रतिरोध गरिरहेको छ ।
दक्षिणी युक्रेनको निकोपोल सहरकी ७३ वर्षीया अवकाशप्राप्त शिक्षिका एन्टोनिना मोराखोवस्काले भने , “रूसी सेनाले बलियो किल्ला निर्माण गरेका छन्, उनीहरूसँग धेरै उपकरणहरू छन् ।”
मोराखोवस्काले भने, “म देख्छु हाम्रो सेना कसरी अगाडि बढ्छ । यो बर्षामा उनीहरूका लागि सजिलो छैन । हाम्रा लागि लडिरहेका तिनीहरूको भविष्यबारेमा म सधैं सोच्छु । तर के गर्ने कमजोर परिस्थितिले युक्रेनलाई घाटामाथि घाटा भइरहेको देखाउँछ ।”
उनले एएफपीसँग भने, “यो सत्यको लागि लडाईं हो । जीत कठिन छ तर हामी कुनै दिन अवश्य जित्नेछौँ ।”
पश्चिमी सैन्य सहायताको रूपमा अरबौं युरो प्राप्त गरे तापनि युक्रेनी सेनाले आक्रमण सुरु भएदेखि लगभग एक दर्जन गाउँहरू र केही सय वर्ग किलोमिटर क्षेत्र मात्र फिर्ता लिन सफल भएको छ ।
गत वर्ष युक्रेनको सेनाले गत सेप्टेम्बरमा खार्किभ क्षेत्रको नौ हजार वर्ग किलोमिटर र नोभेम्बरमा खेरसन क्षेत्रको पाँच हजार वर्गकिलोमिटर क्षेत्र पुनः कब्जा गरेको थियो ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी हप्ता हुने नेटो शिखर सम्मेलनको पूर्वसन्ध्यामा पश्चिमा शक्तिलाई लामो दूरीका हतियार र एफ–१६ लडाकू विमानका लागि दबाब दिएका छन् ।
“आक्रमण तीव्र गतिमा हुँदैन, यो सत्य हो । तर पनि हामी अगाडि बढिरहेका छौं,” यसै साता प्रागको भ्रमणका क्रममा राष्ट्रपति जेलेन्स्कीले भनेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments