तरुण दलको जम्बो केन्द्रिय सदस्यको टोलीमा नेताका छोरा, भतिजा देखी मन्त्रीका स्वकिय सचिव र चालक सम्म
- असार २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
तरुण दलको केन्द्रिय सदस्यमा नेपाली कांग्रेसका नेताहरु कृष्णप्रसाद सिटौलाका छोरा श्याम सिटौला, गोपालमान श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ, ईश्वरी न्यौपानेका छोरा सरोज न्यौपाने केन्द्रीय सदस्य बनेका छन् भने नेता विमलेन्द्र निधिका भतिजा मानवेन्द्र निधि पनि केन्द्रीय सदस्य बनेका छन् ।
कांग्रेसको युवा संगठन तरुण दलको केन्द्रीय समिति विधानतः ९५ सदस्यीय हुने व्यवस्था भए पनि आफना छोराछोरी र भाईभारदारको भागबण्डाको लागि चार सय सदस्यीय जम्बो टोलीको कार्यसमिति बनाइएको छ । शहरी विकासमन्त्री सीता गुरुङको स्वकीय सचिव हेमन्त गुरुङ, गण्डकीका मूख्यमन्त्री सुरेन्द्रराज पाण्डेका पूर्व गाडी चालक सञ्जय सिलवाल पनि तरुण दलको केन्द्रीय समितिमा समेटिएका छन् ।
भारतका लागि नेपाली राजदूत शंकर शर्मामा छोरा सरिन घिमिरे, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्व अध्यक्ष आस्था विन्दु मल्ल, मधेशबाट हिमाली जिल्ला सोलुखुम्बु पुगेर कांग्रेसको राजनीति गर्दै आएका अशोक झा पनि तरुण दलको केन्द्रीय सदस्य बनेका छन् । झाको परिवार बसाइ सरेर हिमाली जिल्ला पुगेको थियो । चार सय जनाको टोलीमा मनाङ र रुकुम पूर्वबाट कोही पनि समेटिएका छैनन् । मुस्ताङबाट एक जना परेका छन् भने काठमाडौंबाट सबैभन्दा धेरै जना परेका छन् ।
रसुवा, डडेल्धुरा, पश्चिम रुकुमबाट संस्थापनइतरबाट कोही पनि परेनन् । २०७८ को ९ चैतमा सभापति शेरबहादुर देउवाले विद्धान गुरुङलाई तरुण दलको अध्यक्षमा मनोनित गरेका थिए भने त्यसपछि १४ असारमा विस्तार गरेका हुन् ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments