•  ११ पुष २०८१, बिहीबार

बंगलादेश जाँदै महिला फुटबल टोली : दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा

- असार २४, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

एपिएफका ११ खेलाडी प्रशिक्षणमा फर्केपछि ३ दिनको प्रशिक्षण गराएका नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अनन्तराज थापाले बंगलादेशको महिला टोली बलियो रुपमा प्रस्तुत भएपछि दक्षिण एसियाको महिला फुटबलमा त्रिकोणात्मक प्रतिस्पर्धा देखिएको बताएका छन् ।

‘भारत र नेपाल महिला फुटबलमा पहिला देखि नै बलिया टोली हुन् । महिला फुटबलमा ग्रासरुटबाटै विकास गर्ने प्रयास गरेको बंगलादेश पछिल्लो समय बलियो बनेको छ,’ थापाले भने, ‘यो दक्षिण एसियाका लागि सकारत्मक पक्ष हो । हामीले दक्षिण एसिया भन्दा अघि बढ्नका लगि यो क्षेत्रमा अझै प्रतिस्पर्धा बढ्न आवश्यक छ ।’

गत वर्ष फाइनलमा दशरथ रंगशालामा नेपाललाई ३–१ ले हराउँदै बंगलादेश पहिलो पटक महिला साफ च्याम्पियनसिपको विजेता बनेको थियो । हामी साफ च्याम्पियनसिपमा हारेका थियौं । ‘यसपटक दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछौं,’ थापाले भने, ‘यो हाम्रा लागि त्यो हारको बदला लिने मौकाका रुपमा लिएका छौं । हामी सफल हुन्छौं भन्नेमा आशावादी छौं ।’

बंगलादेशलाई हराउन सक्ने आधार प्रस्तुत गर्ने क्रममा थापाले अगाडि भने, ‘मैले पहिला देखि नै भन्दै आएको छु । अहिलेको महिला टोली भनेको गोल्डेन पुस्ता हो । त्यसमाथि अहिले सावित्रा भण्डारी सम्बा चोटमुक्त भएर फर्केपछि लयमा छिन् । त्यो हाम्रा लागि राम्रो पक्ष हो । सबै हिसाबले हामी बंगलादेशलाई पराजित गर्न सक्षम छौं ।’

बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेललाई साफ च्याम्पियनसिपको फाइनलमा भोगेको हारको बदला लिने मौकाका रुपमा लिएको थापाले बताएका छन् । नेपाली टोली मंगलबार बंगलादेशतर्फ प्रस्थान गर्नेछ । नेपाल बंगलादेशबीचको पहिलो खेल असार २८ गते र दोस्रो खेल असारा ३१ गते हुनेछ । बंगलादेशबाट फर्केपछि महिला टोली पुनःएयिसाली खेलकुदको तयारीमा जुट्नेछ । एसियाली खेलकुदको महिला टोलीलाई भने बालगोपाल महर्जनले प्रशिक्षण दिइरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर