बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण
- असार २४, २०८० मा प्रकाशित
कासिन न्यूज,
ताप्लेजुङ ।
असारको पहिलो सातामा गएको बाढी र पहिराबाट प्रभावित मैवाखोला गाउँपालिकाका एक सय १४ घर परिवारलाई राहत सामग्री वितरण गरिएको छ ।
नेपाली कांग्रेस ताप्लेजुङ र कोशी प्रदेशसभा सदस्य खगेनसिं हाङ्गामको पहलमा सङ्कलित राहत सामग्री शनिबार वितरण भएको हो । प्रभावितप्रति परिवारलाई २५ किलोका दरले चामलसहित नुन, तेल, चिनी, चिया र साबुन वितरण गरिएको छ । पहिरोबाट प्रभावित बनेका मैवाखोलाको ओदक, ताम्राङ, साँघु र ढुङ्गेसाँघुका स्थानीयवासीलाई उक्त क्षेत्रमै पुगेर राहत सामग्री वितरण गरिएको वितरण टोलीमा सहभागी किपा शेर्पाले जानकारी दिए ।
राहत वितरणका लागि प्रदेशसभा सदस्य हाङ्गामसहित पार्टी सभापति गजेन्द्र तुम्याहाङ, पार्टी सचिव डम्बर हाङ्गामसहितको टोली पहिरो प्रभावित क्षेत्रमा पुगेको थियो । यता बाढीपहिराबाट प्रभावित सिदिङ्वा गाउँपालिकास्थित मेहेले र मेरिङ्देनको दोभानका घर परिवारलाई राहत वितरणको तयारी भइरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments