भूकम्प प्रतिरोधी वडा कार्यालय भवन निर्माण
- असार २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
म्याग्दी ।
म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको वडा कार्यालय भवन निर्माण भएको छ ।
लमसुङमा एक तले पाँच कोठे अपाङ्गमैत्री र भूकम्प प्रतिरोधी भवन निर्माण भएको हो । भवन निर्माणका लागि विसं २०७७ मा थापा निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो । रु ५६ लाखमा ठेक्का सम्झौता भएको भवन निर्माणको काम १८ महिनामा सम्पन गर्ने लक्ष्य थियो । भवनको शनिबार गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले उद्घाटन गरेका थिए । । भवनमा वडाध्यक्ष, सचिव, भण्डारणको कार्यकक्ष रहेका छन् ।
कोरोना महामारी, बाढी, पहिरोको प्राकृतिक विपत्तिका कारण भवन निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि रेशमबहादुर भण्डारीले बताए । “एक वर्षअघिनै भवन निर्माण सकिएको थियो”, उनले भने, “प्राविधिक कारणले हालै मात्र भवन हस्तान्तरण भएको छ ।”
यसअघि स्वास्थ्यचौकीको पुरानो भवनबाट सेवा सञ्चालन हुदै आएको थियो । यसै हप्तादेखि नयाँ भवनबाट सेवा सञ्चालन गरिएको वडाध्यक्ष अकप्रसाद विले बताउनुभयो । आफ्नै भवनमा कार्यालय सञ्चालन हुँदा सेवा प्रवाह सहज हुने उनले बताए ।
वडा कार्यालयमा फर्निचर, कम्प्युटर, प्रिन्टरलगायत सामग्रीको अभाव भएको वडासचिव गिरिराज शर्माले बताए । गाउँपालिकाका अध्यक्ष पुनले वडा कार्यालयमा आवश्यक सामग्रीको तत्कालै व्यवस्थापन गरिने बताए ।
धैलागिरि गाउँपालिकाको वडा नम्बर ७ को पनि कार्यालय भवन निर्माण भएको छ । विसं २०७७ मा ४ कोठे भवन निर्माणका लागि रु ४७ लाखमा डोल्पो कन्ट्रक्सनले ठेक्का पाएको थियो । रु ६६ लाख लागत अनुमान गरिएको वडा कार्यालय भवन विसं २०७८ वैशाखमा सम्पन्न गर्ने लक्ष्य थियो ।
नयाँ भवनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको वडाध्यक्ष अशोक खत्रीले बताए । वडा कार्यालय भवन निर्माणका लागि जिल्ला समनवय समितिले रु ३० लाख विनियोजन गरेको थियो । भवन निर्माणका लागि टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीले जग्गा दान गरेका थिए ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments