•  ११ पुष २०८१, बिहीबार

बागमती प्रदेशका कार्यसमिति सदस्य बखतीको संयोजकत्वमा प्रदेश शिक्षा, विज्ञान तथा प्रबिधि बिभाग गठन

- असार २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

नेपाली काँग्रेस बागमती प्रदेश सभापति एबम प्रदेश सभा सदस्य माननीय ईन्द्रबहादुर बानियाँले बागमती प्रदेश अन्र्तगत रहेको बागमती प्रदेश शिक्षा, विज्ञान तथा प्रबिधि बिभागको सदस्यमा मनोनित सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका छन् ।
उक्त कार्यक्रममा बोल्दै सभापति बानियाँले प्रदेश कांग्रेसमा रहेको विभिन्न विभाग मध्ये शिक्षा, विज्ञान तथा प्रबिधि बिभागको काम र कर्तव्य अलि भिन्न भएकोले सहज तरिकाले आफनो कार्य गरि संगठनलाई मजुबुतीको दिशामा लान पनि आग्रह गरे ।
बागमती प्रदेश कार्यसमिति सदस्य रमेश बखतीको संयोजकत्वमा शिक्षा, विज्ञान तथा प्रबिधि बिभाग गठन गरिएको हो । सो विभागले शिक्षा, विज्ञान तथा प्रबिधिको क्षेत्रमा कार्य गर्ने संयोजक बखतीले बताए । कांग्रेसको बिधान अन्र्तगत रहेर कार्य गर्ने पनि संयोजक बखतीले बताएका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर