•  ११ पुष २०८१, बिहीबार

टिम अफ द टुनामेन्ट वल्र्डकप क्वालिफायरमा नेपालका कुनै पनि खेलाडी परेनन्

- असार २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जिम्बावेमा आइतबार सम्पन्न विश्वकप छनोटको उत्कृष्ट टिम सार्वजनिक गरेको छ । आइसिसीले सार्वजनिक गरेको टिम अफ द टुनामेन्ट वल्र्डकप क्वालिफायरमा नेपालका कुनैपनि खेलाडी पर्न सकेनन् ।
आइसिसीको उत्कृष्ट टिम अफ द टुनामेन्टमा श्रीलंका, नेदरल्यान्ड्स र घरेलु टोली जिम्बावेबाट सर्वाधिक समान तीन खेलाडी अटेका छन् ।
त्यस्तै स्कटल्यान्डबाट दुई र वेस्टइन्डिजबाट एक खेलाडी परेका छन् । १० टोली सहभागी छनोटमा नेपाल, युएई, ओमान र आयरल्यान्ड, अमेरिकाबाट भने कुनैपनि खेलाडी अट्न सकेनन् ।
आइसिसीले आफ्नो उत्कृष्ट टोलीको ओपनरमा नेदरल्यान्ड्सका विक्रमजित सिंह र श्रीलंकाका पाथुम निसांकालाई राखेको छ । श्रीलंकाका ओपनर पाथुमले दुई शतकसहित कुल ४ सय १६ रन बनाएका थिए ।
सिंहले ३ सय ३६ रन बनाएका थिए । स्कटल्यान्डका ब्रेन्डन म्याकमुलेनलाई राखेको छ । उनले दुई शतकसहित ३ सय ६४ रन बनाउनुको साथै १३ विकेट लिएका थिए । तीन शतकसहित ६ सय रन बनाउने जिम्बावेका सन विलियम्सलाइ चौथो नम्बरको ब्याटरमा राखेको छ ।

नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याउन हिरो बनेका बास डि लिडेलाई पाँचौं नम्बरमा राखेको छ । लिडेले २ सय ८५ रन बनाउनुको साथै १५ विकेट लिएका थिए । त्यसमा पनि विश्वकपमा पुग्न निर्णायक खेलमा उनले स्कटल्यान्डविरुद्ध १ सय २३ रन बनाउनुको साथै ५ विकेट लिएका थिए ।
जिम्बावेका सिकन्दर राजालाई छैटौं नम्बरको ब्याटरमा राखेको छ । आफ्ना प्रमुख ८ खेलाडी बिनानै विश्वकपमा पुर्याउने नेदरल्यान्ड्सका स्कटएडवार्ड्स प्रतियोगिता उत्कृष्ट कप्तान र विकेटकिपर बनाएकोछ । उनलाई नै यस टिम अफ द टुनामेन्टको कप्तान बनाएको छ ।
श्रीलंकालाई विश्वकपमा पुर्याउने २२ विकेट लिने वानिन्दु हसरंगा र २१ विकेट लिने महेश थिक्सेना पनि आइसिसीको टोलीमा छन् । यस प्रतियोगितामा सर्वाधिक धेरै गतिमा बलिङ गर्ने क्रिस सोल पनि टिममा छन् ।
उनले प्रतिघण्टा १ सय ५० माथिको गतिमा बलिङ गरेका थिए । स्कटल्यान्डलाई विश्वकप नजिक पुर्याउन उनको प्रदर्शन निकै महत्वपूर्ण थियो । अन्तिम तीव्र गतिका बलरमा जिम्बावेका बायाँ हाते रिचर्ड नागारवा पनि छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर