अर्थ /कारोवार : थोरै अंकले घट्यो नेप्से परिसूचक – सोल्टी होटल शीर्ष स्थानमा
- असार २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ८० अंकले ओरालो लागेर दुई हजार ७६ दशमलव ९६ मा सीमित भएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ११ अंकले बढेर तीन सय ८८ दशमलव ६२ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्यमा भने बृद्धि भएको छ ।
विभिन्न कम्पनीका एक करोड ११ लाख ८२ हजार तीन सय ३५ कित्ता शेयर रु तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा सोल्टी होटल शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३३ करोड १२ लाख ९० हजार नौ सय १२ मूल्यमा कारोबार भएको छ ।
आजको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स रु २४ करोड ९१ लाख ८६ हजार नौ सय ९२, प्राइम बैंक रु २४ करोड ८९ लाख ५० हजार पाँच सय, शिवम् सिमेन्ट रु १५ करोड ५१ लाख ५३ हजार छ सय १८ र सिटी होटल रु नौ करोड एक लाख ६२ हजार सात सय ६२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेका अनुसार रावा इनर्जी कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ । साथै गुह्यश्वरी मर्चेन्टको शेयर मूल्य सात दशमलव २३, श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ७९ प्रतिशत र अरुण काबेली पावरको शेयर मूल्य छ दशमलव ५४ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार नेपाल फाइनान्सको शेयर मूल्य छ दशमलब ३६ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा हिमालयन हाइड्रोपावरको शेयर मूल्य छ दशमलव ३४, सिटी होटलको छ दशमलव २६, सिद्धार्थ इक्विटी फण्ड पाँच दशमलव ८०, सुपर मादी हाइड्रोपावर पाँच दशमलव शून्य सात र बलेफी हाइड्रोपावरको शेयर मूल्य चार दशमलब ७६ प्रतिशतले घटेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments