मिले तिन शीर्ष नेता : संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति

- असार २५, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति भएको छ ।

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा देखिएको अवरोध खुलाउन आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले सानातिना विषयलाई लिएर संसदमा अवरोध गर्नु राम्रो नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठक तीन बजेका लागि बोलाइएको छ ।
बैठकमा मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक पेश गर्ने कार्यसूची छ । प्रधानमन्त्री दाहालले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम छ । शीर्ष नेताको बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा( एमाले)का अध्यक्ष केपी शर्मा ओलीको उपस्थिती थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर