बिधालयको लापरवाही : झापाको ‘सानो साथी किन्डरगार्टेन’को सेफ्टी ट्याङ्कीमा बालक डुबीरहेको अवस्थामा फेला परे – बालकको अवस्था चिन्ताजनक
- असार २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
झापा ।
मेचीनगर–१० धुलाबारीस्थित ‘सानो साथी किन्डरगार्टेन’ नामक मन्टेश्वरीमा अध्ययनरत आठ वर्षीय छात्र तान्छोक लिम्बु विद्यालयकै सेफ्टी ट्याङ्कीमा डुबेर बेहोस भएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार दिउँसो १२ बजेतिर खाना खाइसकेका बालक कक्षा कोठामा नभेटिएपछि खोजी गर्दा शौचालयको सेफ्टी ट्याङ्कीभित्र डुबिरहेको फेला परेका थिए ।
घाइते बालकलाई उद्धार गरेर तत्काल बिर्तामोडको बीएन्डसी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । बालकको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । मेचीनगर–१० का वडाध्यक्ष नारायण खनालले विद्यालयको लापरवाहीका कारण बालक सेफ्टी ट्याङ्कीमा डुबेको बताए । । सो विद्यालय दर्तासमेत नरहेको उनले बताए । विद्यालयमा ६४ विद्यार्थी अध्ययनरत् छन् ।
विद्यालय भवन पछाडिको शौचालयको ढोका छेउमै सेफ्टी ट्याङ्की रहेको र ट्याङ्कीको माथिको प्वाल मक्किएको प्लाइउडको पाताले लापरवाहीपूर्वक छोपिएका कारण शौचालय जाने क्रममा बालक दुर्घटनामा परेको हुनसक्ने वडाध्यक्ष खनालले बताए । उक्त विद्यालय विसं २०७० मा मनोज गुरुङले स्थापना गरेका हुन् । उनी नै विद्यालयको सञ्चालक र प्रिन्सिपल हुन् । विद्यलयमा पीजी (प्ले ग्रुप)देखि कक्षा १ सम्म पढाइ हुने गरेको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपाल बुढाथोकी र वडाध्यक्ष खनालले बीएन्डसी अस्पताल पुगेर घाइतेको अवस्था र उपचारबारे जानकारी लिएका छन् । बालक सेफ्टी ट्याङ्कीमा डुबेको भेटिएपछि विद्यालय बन्द गरिएको छ भने प्रहरीले विद्यालयको सुरक्षा गरिरहेको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments