माल्टा पठाई दिने भनी पाँच लाख ८५ हजार ठगी, एक जना पक्राउ
- असार २५, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
नेपाल प्रहरीले माल्टा पठाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले माल्टामा मासिक एक लाख तलब हुने कम्पनीमा जागिर लगाई दिन्छु भनी रु पाँच लाख ८५ हजार ठगी गर्ने गोरखा पालुङटार नगरपालिका घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका बस्ने २९ वर्षीय सुस्मा तामाङलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले रु एक लाख तलब हुने माल्टाको कम्पनीमा जानका लागि रु ६ लाख लाग्छ भनी रु पाँच लाख ८५ हजार लिएर ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments