हाम्रो स्वास्थ्य : गर्भवती महिलामा देखिने रोग एक्लेम्पसीया – रोगका कारण एथलिट टोरी बोइको निधन

- असार २६, २०८० मा प्रकाशित


कासिन न्यूज,
काठमाडौं ।

प्री–एक्लेम्पसीया साधरणतया गर्भावस्थाको अवस्थामा देखिन्छ । साथै गर्भवती महिलालाई उच्च रक्तचाप र पिसाबमा प्रोटिन देखा पर्नु नै रोगको पहिलो लक्षण हो । आमाले नियमित स्वास्थ्य परीक्षण गराउन जाँदा यी विषय ध्यान दिनु पर्ने हुन्छ । रोगलाई सहि समयमा पहिचान गरिएन
एक्लेम्पसीया र एचइएलएलपी सिन्ड्रोम जस्ता अझ गम्भीर समस्याहरू देखा पर्न थाल्छ । अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले रक्त परीक्षणको माध्यमबाट प्रीएक्लेम्पसीयाको जोखिममा रहेका महिलाहरू बारे पत्ता लगाउन सक्ने बताएको छ ।
परीक्षणले लक्षण देखिएका धेरै गर्भवती महिला मध्ये कसलाई दुई साता पछि त्यस्तो समस्या देखा पर्नसक्छ भनेर प्रारम्भिक अनुसन्धानमा देखाइएको छ । कृत्रिम गर्भाधानको उपाय पत्ता लगाउने एक महिला वैज्ञानिक जसले संसारलाई दुर्लभ प्रजननको अद्भुत उपहार दिइन् ।
आठ महिनाकी गर्भवती अमेरिकी ओलिम्पिक एथलिट टोरी बोइको अकस्मात् निधन भएपछि हालै एक्लेम्पसीयासम्बन्धी चर्चा बढेको छ। उक्त समस्या अमेरिकामा अश्वेत महिलाहरूमा बढी देखिएको छ । रोगका कारण सन् २०१६ को ओलिम्पिकमा स्वर्ण पदक जितेकी विश्व च्याम्पियन महिला धाविका टोरी बोइको निधन भएको बताइन्छ ।
बोइका सहकर्मीहरू एलिसन फेलिक्स र टिआना बार्टोलेटालाई पनि गर्भावस्थामा प्री–एक्लेम्पसीया देखिएको थियो। बोइ जस्तै उनीहरू पनि अश्वेत हुन्।
वास्तविक आँकडा पाउन कठिन भएपनि प्रीएक्लेम्पसीयाका कारण विश्वका ३ देखि ८ प्रतिशत गर्भवती महिला प्रभावित भएको ठानिन्छ। त्यसको लक्षण पिसाबमा प्रोटिन देखा पर्ने, गम्भीर रूपमा टाउको दुख्ने, देख्न समस्या हुने, करङमुनि दुख्ने, वाकवाक वा बान्ता आउने, वा अकस्मात् हात, पैताला र खुट्टा सुनिने गर्छ।
संयुक्त राज्य अमेरिकामा अफ्रिकी मूलका अमेरिकी महिलामा प्रीएक्लेम्पसीया हुने दर श्वेत महिलाको तुलनामा ६० प्रतिशत धेरै भएको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले जनाएको छ। प्रत्येक वर्ष ७० हजार महिला र ५ लाख बच्चाहरूले विश्वव्यापी रूपमा प्री एक्लेम्पसीयासँग सम्बन्धित जटिलता कारण ज्यान गुमाउने गरेको सीडीसीले जनाएको छ।
एक्लेम्पसीया गर्भमा हुर्किरहेको शिशुलाई अक्सिजन र पोषणतत्त्व उपलब्ध गराउने सालनालका कारण देखिने रोग हो,” अक्सफर्ड विश्वविद्यालयका प्रसूति विज्ञानसम्बन्धी प्राध्यापकहरु बताउँछन् ।
जब महिलाहरूलाई सीजर हुन थाल्छ, उनीहरूलाई ठिक बनाउन र बच्चा जन्माउन अनि आमालाई पनि सन्चो पार्न निक्कै अप्ठेरो हुन्छ । बीस लाख वर्षअघि बच्चा जन्माउन ’अहिलेभन्दा सजिलो थियो’ । मानव जातिले अर्को शताब्दी देख्छ कि डाइनोसर जस्तै लोप हुन्छ ।
यदि तपाईँ अफ्रिकामा हुनुहुन्छ भने त्यहाँ कुपोषणको एउटा तह छ । विभिन्न पोषकतत्त्वको अभाव छ। तर पनि तपाईँको जातीय गुण र अश्वेत पृष्ठभूमीले तपाईँले यो रोगको उच्च जोखिममा राख्छ।अमेरिकी स्वास्थ्य मन्त्रालयले एकभन्दा बढी कारणले यस्तो असमानता निम्त्याउने गरेको उल्लेख गरेको छ। संरचनागत जातिवाद, अप्रकट पूर्वाग्रह र मातृ स्याहारमा रहेको फरकपन जस्ता विषयलाई उसले कारण मानेको छ।

प्राध्यापकहरुको भनाई अनुसार “अश्वेत वा एशियाली मूलका मानिसहरूलाई त्यसै नकार्ने गरिएको मैले देखेको छु। उनीहरूका चिन्ताहरूलाई बेवास्ता गरिन्छ। उनीहरूलाई श्वेतहरू जस्तै उपयुक्त समयमा नै ध्यान पु¥याइँदैन । त्यसले गर्दा अश्वेत र एसियाली महिलाहरूलाई क्षति पुगेको भनाइ छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खवर