एसइईमा उत्कृष्ट अङ्क प्राप्त गरेका तीन विद्यार्थीलाई ५० हजार वितरण
- असार २६, २०८० मा प्रकाशित
कासिन न्यूज,
काभ्रेपलाञ्चोक ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाले पालिकाभित्रबाट माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याउन सफल तीन जनालाई नगद ५० हजारका दरले पुरस्कार वितरण गरेको छ ।
पालिकाले रोशी–६ स्थित हरिसिद्धि माविबाट ३.७० जिपिए प्राप्त गरेका प्रशान्त तामाङ र वडा नं ११ स्थित पोक्रा माविबाट ३.५५ जिपिए प्राप्त गरेका छात्राहरू सङ्गीता राय र हिमानी तामाङ गरी तीन जनालाई प्रोत्साहनस्वरूप रकम वितरण गरेको हो ।
गाउँपालिका अध्यक्ष दिनेश लामाले तीन जनालाई जनही ५० हजारको चेक हस्तान्तरण गरेका हुन । पालिकाले एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याएर उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने उद्देश्यले सो रकम वितरण गरिएको उनले बताए ।
रोशी गाउँपालिकाले लिएको नीतिअन्तर्गत शिक्षकको कार्यसम्पादन मूल्याङ्कनलाई विद्यार्थी सिकाइ अभिवृद्धिसँग आबद्ध गरी आधारभूत र माध्यमिक तहको सिकाइ उपलब्धिका आधारमा उत्कृष्ट विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान कार्यक्रम गर्दै आएको छ । सोअन्तर्गत निरन्तरता दिँदै आएको प्रोत्साहन रकम वितरणलाई यस वर्ष पनि निरन्तरता दिइने पालिकाले जनाएको छ ।
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments