प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको निधन
- असार २७, २०८० मा प्रकाशित
कासिन न्यूज,
काठमाडौं ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ ।
उनको थापाथलीस्थित नर्भिक अस्पतालमा बुधबार विहान ८ बजेर ३३ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ ।
लामो समयदेखि अस्वस्थ सीता दाहालको अवस्था तथ जटिल बनेपछि गएराति नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
यसैबीच, स्वर्गीय सीताको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी कार्यालय पेरिसडाँडामा राखिने माओवादी सचिवालयले जनाएको छ । उनको दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ ।
माओवादी केन्द्रको सल्लाहकार समेत रहेकी सीता पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) बाट लामो समयदेखि पीडित थिइन् ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
सम्बन्धित खवर
ट्रेन्डिङ
-
कार्तिक २१, २०८१महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालद्वारा थाइल्यान्ड ६७ रनले पराजित
-
कार्तिक २१, २०८१विचार : छठ पर्वको सामाजिक र प्राकृतिक महत्व
-
कार्तिक २१, २०८१बागलुङ बस दुर्घटनामा २१ जना घाइते
-
कार्तिक २१, २०८१छठका लागि भारतबाट ५० लाखका केरा आयात
लोकप्रिय
-
लोकप्रिय कार्तिक १७, २०८१आजको डलर रेट (November 02, 2024)
-
लोकप्रिय कार्तिक १४, २०८१मेक्सिकोमा पत्रकारको गोली हानी हत्या
-
लोकप्रिय कार्तिक ११, २०८१राशिफल (कार्तिक ११ गते आइतवार) कार्तिक कृष्ण दशमी
-
लोकप्रिय कार्तिक ४, २०८१अबदेखि ट्राफिक प्रहरीले चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने
Comments